बीपी प्रतिष्ठानमा चोरीका घट्ना बढे, मोटरसाइकल चोरीमा संलग्न पक्राउ

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाका अवस्था फितलो भएको मौका छोपी त्यहाँ उपचारमा आएका विरामी तथा आफन्तको सामान चोरी हुने घट्ना नौलो होइन । प्रतिष्ठानभित्र सुरक्षाको जिम्मा लिएको डिभाइन्ड सेकेरेरी सर्भिस हुदा होस् ग्रुफफोर सेक्युरिटी सर्भिस होस् या अहिले केटिएम सेक्युरिटी सर्भिस हुदा होस चोरीको घट्ना घट्नुको सट्टा बढेको बढ्यै छ ।

त्यहा विरामी कुरुवाको रकम चोरी हुने, चार्जमा राखेको मोवाइल चोरी हुनेदखि लिएर पार्किङमा राखिएका मोटर साइकल समेत चोरी हुने गरेको छ । बारम्बार चोरीका घट्ना दोहोरिदा समेत अस्पताल प्रशासनले खासै ध्यान दिन नसकेको विरामी कुरुवाहरुले गुनासो राख्ने गरेका छन् । विरामी कुरुवाको मात्र हैन त्यहा कार्यरत कर्मचारी, चिकित्सकहरुको समेत सवारी साधन चोरी हुने गरेको छ ।

पछिल्लाे समय माघ ८ गते समेत प्रतिष्ठानमा अध्ययन गर्न आएका प्रक्षिथार्थी डा. जितेश ठाकुरको मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि प्रतिष्ठानजस्तो सम्वेदनशील स्थानमा चोरीका घट्ना बढेको प्रष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया