कैद सजाय पाएका ६० फरार अभियुक्त पक्राउ

उदयपुर, १४ जेठ / जिल्ला अदालत उदयपुरले विभिन्न मुद्धामा फैसला गरि दण्ड जरिवाना तोकिएका फरार अभियुक्तहरुलाई प्रहरीले सक्रियताका साथ धमाधम पक्राउ पर्न थालेकाछन् । अदालतको विशेष अनुरोधमा जिल्ला प्रहरी कार्यालय उदयपुरले २०३० सालदेखि हाल सम्म अदालतले फैसला गरि कैद तथा दण्ड जरिवाना ठहर गरी फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका हुन ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले विभिन्न अपराध गरी फरार रहेका १ हजार ६ सय ५५ जना अभियुक्त मध्ये ६० जना पक्राउ गरि अदालत बुझाएका छन् । पक्राउ पर्नेहरुलाई अदालतमा हाजिर गराएपछि उनीहरुलाई अदालतले तोकेको सजाय र जरिवाना अनुरुप जिल्ला कारागार पठाउने गरेको प्रहरी नायव उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए ।

यसरी पक्राउ पर्नेमा सवैभन्दा बढी वन मुद्दा अन्तर्गत वन फँडानी, काठ तस्करी लगायतमा सजाय पाएका अभियुक्तहरु रहेको छन् । वन मुद्दामा सजाय पाएका ३४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका– ११ क मोतिलाल तामाङ, जोगिदह गाविस– ६ का साने राई, त्रियुगा नगरपालिका– १ का लट्टे राउत, त्रियुगा नगरपालिका– १५ बलबहादुर बिक, त्रियुगा नगरपालिका–७ का तिलकबहादुर काकी कृष्णप्रसाद धमला, शारदा भण्डारी, तपेश्वरी गाविस– ५ का पंचुलाल साह, हडिया गाविस–६ का ललित लेखि, उजुरीलाल चौधरी, तुलसीराम पौडेल, हडिया गाविस–७ का ज्ञानबहादुर राउत, भिखन चौधरी, लक्षण लेखि, हडिया गाविस–५ का तेजनारायण चौधरी, रामदहित चौधरी, रामबहादुर मगर, रम्बादेवी चौधरी, हडिया गाविस–६ का एकबहादुर मगर, जोगिदह गाविस–९ का मुखिलाल चौधरी, साउने गाविस–४ का भुपाल घले मगर, त्रियुगा नगरपालिका–६ का नागिन चौधरी, तपेश्वरी गाविस–१ का राजु कटेल, तपेश्वरी गाविस–४ का भक्तदेव बिक, रामपुरका अगमसिंह निरौला, जोगिदह गाविस–५ का काशिलाल चौधरी, त्रियुगा नगरपालिका–४ का ताराजित राई, हडिया गाविस–८ का कमल बिक, बेल्टार–बसाहा नपा– ९का बयनसिंह तामाङ, सर्बध्वज राई, त्रियुगा नगरपालिका–११ का लालबहादुर खत्री, रहेको छन् । उनीहरुलाई अदालतले १ महिनादेखि १ वर्षसम्म कैद सजाय र जरिवानाको फैसला गरेका छन् ।

यस्तै अंश दर्ता मुद्धामा दोषि ठहरीका त्रियुगा नगरपालिका–१० का देबनारायण चौधरी, जितेन्द्र चौधरी, शिवेन्द्र चौधरी, देवील चौधरी, त्रियुगा नगरपालिका–८ का मोहन अधिकारी, इन्द्रिरा अधिकारी, केदारमान अधिकारी सहित आठ जनालाई प्रहरीले पक्राउ गरि अदालत बुझाएका हुन । उनीहरुलाई भने अदालतले जरिवाना प्रति ब्यक्ति ६ सय १२ रुपैयाँ ६४ पैसा जरिवाना तिर्नु पर्ने फैसला गरेकोमा नतिरी फरार रहेकाले प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी जवरजस्ती करणी मुद्धाका दुई अभियुक्त नरसिंह चौधरीलाई ४ वर्ष ११ महिला ८ दिन कैद सजाय फैसला गरेको र सरिता परियारलाई ३ महिना कैद सजायको फैसला गरेको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट र लुटपिट मुद्धामा आशादेवी चौधरी र बलबहादुर खड्का पक्राउ परेका छन् भने गाली बेज्जतीमा सूर्यबहादुर विक र कुमार विक पक्राउ परेको छ । उनीहरु विरुद्ध अदालतले पाँच सय रुपैया जरिवानाको फैसला गरेको भएपनि नतिरि फरार रहेका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रामपुरठोक्सिला गाविस– ७ का खम्बसिंह राई र त्रियुगा नगरपालिका–१७ का बिरेन्द्र बिक पनि पक्राउ परेका छन् । खम्बसिंह विरुद्ध अदालतले ६ महिना कैद सजाय फैसला गरेकोमा उनी फरार रहेका थिए, त्यसैगरी बिरेन्द्र विरुद्ध अदालतले २ वर्ष २१ कैद सजायको फैसला गरेको थियो । यस्तै लल्कु चौधरीलाई अदालतले जालसाज गरेको विरुद्धमा दोषी ठहर गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरि बुझाएका छन ।

यस्तै भ्रष्टचार, सवारी ज्यान, गलत औषधि उपचार लगायतका मुद्दामा फरार रहेको अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भ्रष्टचार मुद्दाका अभियुक्त बमबहादुर सुनुवार, सवारी ज्यान मुद्दा लागेका रामसेवक चौधरी र गलत औषधि उपचारमा संलग्न सुनिताकुमारी शास्त्रीलाई प्रहरीले पक्राउ गरि अदालत बुझाएका छन । अदालतले सुनुवारलाई भ्रष्टचार मुद्दामा १ वर्ष ७ महिना २ दिन, रामसेवकलाई सवारी ज्यान मुद्दामा ५ महिना २ दिन र सास्त्रीलाई २० दिनको कैद सजाय सुनाएका थिए ।

त्यसैगरी चलन मुद्धामा अदालतबाट दोषि ठहरीका त्रियुगा नगरपालिका–१४ का बेचन चौधरी, सवारी ज्यान मुद्धाका दोषि रामपुरठोक्सिला गाविस–९ का तिलक बस्नेतलाई पक्राउ गरिएको छ । यसरी नै चोरीका दोषि त्रियुगा नगरपालिका–१ का कुमार भुजेल, त्रियुगा नगरपालिका –११ का आशाराम चौधरी, त्रियुगा नगरपालिका–४ का श्याम चौधरी त्रियुगा नगरपालिका–११ सिब्रिन मियाँ पनि पक्राउ गरेका छन ।

त्यसैगरी बालविवाहमा त्रियुगा नगरपालिका–१ का गंगा भुजेललाई अदालतले ३ महिना कैद सजाय तोकिएकोमा प्रहरीले पक्राउ गरेको छ । जालसाज लागु औषध ज्यान मार्ने उद्योग जबरजस्ती करणीमा सुन्दरपुर गाविस–७ का ललकु चौधरी, तपेश्वरी गाविस–९ आम्बासीका रामकुमार कार्की, त्रियुगा नगरपालिका–५ का नरसिंह चौधरी पक्राउ परेको छ ।

जिल्ला अदालत उदयपुरले भने फैसला भई कैद सजाय जरिवाना पाएको करिब १ हजार ६ सय ५५ अभियुक्तहरुको अभिलेख तयार पार्ने काम धमाधम भई रहेकोले उनीहरुबाट असुल्न हुने जरिवाना राजश्व र कैद सजाय पाएको तथ्याङ्ग केहि दिन भित्रै सार्वजनिक गरि प्रहरीलाई बुझाउने तयारीमा रहेको तहसिलदार अश्विन भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया