श्रीमतीले अण्डकोष काटिदिएपछि तेह्रथुमका फौदबहादुर गम्भीर घाइते

तेह्रथुम / तेह्रथुममा आफ्नै श्रीमतीले अण्डकोष काटिदिँदा म्याङलुङ नगरपालिका–३ नागदहका ६० वर्षीय फौदबहादुर रसाइलीको अवस्था गम्भीर बनेको छ ।
घरायसी विवादका क्रममा बिहीबार ४५ वर्षीया चन्द्रमाया रसाइलीले उनको अण्डकोष काटेकी हुन् । घाइते फौदबहादरको दुवै अण्डकोष बाहिर निस्किएको छ । जिल्ला अस्पताल तेह्रथुममा उनको उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारका लागि जिल्ला बाहिर लैजान नसकिएको घाइतेका आफन्तले बताए ।

पतिको अण्डकोष काट्ने चन्द्रमायालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरिक्षक नविनकिसोर प्रधानले बताए । अण्डकोष काट्नुको कारण खुलेको छैन । दुवै जना रक्सी खाएर बारम्बार झगडा गर्ने गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया