बिर्तामोड / नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) झापाले पाँचौ संविधान दिवस विशेष र भब्य रुपले मनाउने भएको छ । संविधान दिवसको अवसरमा बिर्तामोडमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने हुनुभएको छ ।
नेकपा झापाको प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा असोज ३ गते आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, केन्द्रीय सदस्य राम कार्की लगायतका नेताले सम्बोधन गर्ने बिभागका प्रमुख मणिकुमार साम्पाङ्ले जानकारी दिनुभयो । संविधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले यसको कार्यान्वयन र रक्षा गर्नु दायित्व रहेको भन्दै नेकपाले जिल्लाभरबाट १३ हजार ५ सय जनसहभागिता गराउदै जनसभाको आयोजना गर्न लागिएको बिभागका उपप्रमुख सन्तोस आचार्यले बताउनुभयो ।
सोही दिन झापा जिल्लाभर स्थानीय चोकहरुमा दिपावली गर्न पनि निर्देशन दिइएको छ । कार्यक्रम तालिका अनुसार ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने,११ ः३० बजेबाट र्याली शुरु गरि कार्यक्रम स्थल पुरानो इलाम स्टेनमा जाने बताइएको छ । झापा पार्टीका अध्यक्ष चिन्तन पाठकले संविधान दिवस आम नेपालीको उत्सबको दिन भएकाले सबैलाई उपस्थितिको लागि आव्हान गर्नुभएको छ । सडकमा संविधान बिरोधी गतिबिधि बढ्दै गएकोले त्यसको खबरदारी गर्न पनि यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।