आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

पथरी / आगलागी पिडित पथरीशनिश्चरे– ८ का कैलाश गुप्तालाई उद्योगा बाणिज्य संघ पथरीले राहत उपलब्ध गराएको छ । पथरीमा व्यवसाय संचालन गर्दै अाइरहेका ब्यावसायी गुप्ताको ६ कोठे घरमा आग्लागी हुँदा घर तथा पसलका सबै सामानहरू जलेर नष्ट भएको थियो ।

बाणिज्य संघले गुप्तालाई ब्यावसायमा र्फकन ५१ हजार नगद सहित र्फिज लगायत बिभिन्न सामानहरू सहयोग गरेको हाे । बाणिज्य संघको सदस्य समेत रहेका गुप्तालाइ ब्यावसायीहरुबाट केही सहयोग जुटाएको र उनलाई ब्यावसायमा र्फकाउने ब्यापार संघले पहल गर्ने उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले बताए । अागलागीमा परि गुप्ता परिवारको ७२ लाख रुपैयाँ बराबरको क्षति भएकाे अनुमान गरिएकाे छ ।

त्यस्तै नेपाली काङग्रेस पथरीशनिश्चरे नगर कमिटीले गुप्तालाई १५० सीसीको पल्सर मोटरसाइकल प्रदान गरिनुका साथै वडा नम्बर ८ को तर्फबाट विपद् व्यवस्थापन कोषमार्फत तत्काललाई १० हजार रुपैयाँ राहत प्रदान गरीएकाे छ । लायन्स क्लब अफ अफ योङहार्ट पथरीकाे तर्फबाट राहतस्वरुप ३ बोरा चामल, १ बोरा दाल, खाने तेल, चाउचाउ लगायतको सामग्री प्रदान गरेको क्लबका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

आजकाे राशिफल, वि.सं. २०७९ कार्तिक ५ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

चैत देखी प्रदेश न १ का ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने

टर्कि सरकारको सहयोगमा हेस्राद्धारा बक्रा खोला पिडितलाई राहत

कानेपोखरी लेटाङ जंगलमा शव फेला, आफन्त भन्छन हत्या भएको शंका

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

तपाईको प्रतिक्रिया