सामुदायिक वनले सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने

पथरी / मोरङको पथरीशनिश्चरे १ मा अवस्थित शान्ति सामुदायिक वनले सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई सुरुवात गरेको छ । पथरीशनिश्चरेलाई पर्यटकीय स्थलको रुपमा परिचित गरेर लैजाने हेतुले सो कार्यको थालिएको छ । सिमसारको सोमबार पर्यटकीय स्थलमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । पथरीशनिचरे नगरपालिकाको कार्यकारी विनोद भण्डारीको प्रमुख आतिथ्य, इलाका वन कार्यालय प्रमुख ताराणीप्रसाद चौधरी, इप्रका पथरीका प्रहरी निरीक्षक रमेश बस्नेत, रुपनारायण भट्टराई लयायतले मन्तव्य राखेका थिए ।

सिमसारलाई व्यवस्थित गर्न लागिएको स्थानदेखि १ सय मिटर उत्तरमा भुल्के पानीको धारा र मन्दिर क्षेत्रमा आन्तरिक एवं बाहिरको पर्यटकको भिड हुने भएकोले सो क्षेत्रमा पर्यटकीय स्थलको संभावना देखिएको शान्ति सामुदायिक वनका अध्यक्ष कुलबहादुर गुरुङले जनाए । जिल्ला वन कार्यालय मोरङले सिमसार तथा पर्यटकीय विकासको लागि ५ लाख हस्तान्तरणपछि शान्ति सामुदायिक वनले सिमसार क्षेत्र विस्तारको लागि कार्य सुरु गरेको हो ।

shanti ban 1वनले आफ्नो वन क्षेत्र भित्रको १ हेक्टर जमिनमा पोखरी बनाउन लागेको हो । पोखरीको वरिपरी ५ फिटको बाटो, ६ फिट गहिरो र दक्षिण भागमा बाँध बाधेर पानी जमाउने मास्टर प्लान रहेको इन्जीनियर अरुण घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया