राज्यले उपेक्षा गरेकै कारण पूर्वमा पर्यटन ब्यवसाय फस्टाउन नसकेकाे सराेकारवालाहरूकाे भनार्इ

धरान / पुर्वीनेपालमा पर्यटनका प्रसस्तै संभावना हुदा हुदै पनि राज्यले उपेक्षा गरेका कारण यस क्षेत्रको पर्यटन को विकास नभएको सरोकारवालाहरुले आरोप लगाएका छन् । पुर्वमै पहिलो पटक प्याकेज टुरको सुरुवात गरेको छेस ट्राभलिङको चौथो बार्षिक उत्सव कार्यक्रम बोल्ने अधिकांश पर्यटन व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन् ।

नेपाल सरकार , पर्यटन वोर्ड सगै स्थानिय निकायहरुले समेत पुर्वको पर्यटन प्रर्वद्धनमा खासेै लगानी नगरेको उनिहरुको भनाई थियो । पर्यटन व्यवसायी तथा विराट पर्यटन प्रवद्र्धन समितिका सदस्य रविन गौतमले राज्यले विभिन्न नाममा संस्थाहरु खोले पनि प्रयाप्त वजेट भने नहुदा काम नहुने गरेको वताउनुभयो । नेपालको संवृद्धिमा पर्यटनको मुख्य भुमिका रहेका उल्लेख गर्दै गौतमले राज्यले त्यसको विकास , विकास र प्रर्वद्धन ज्यादै न्युन वजेट विनियोजन गर्ने गरेको कारण पर्यटन वोर्ड लगायतका पर्यटनसग सम्बन्धित सरकारी निकायलले काम गर्न नसकेको धारण राख्नुभयोे ।

9a96fe39-fb63-4246-bc16-795a7b0bce77सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले राज्यले पुर्वलाई सौतेनी व्यवहार गर्ने गरेको आरोप लगाउदै काठमाडौ पोखरा र चितवन मात्र नेपाल देख्ने गरेको वताउनुभयो । उहाले पुर्वी नेपाल तथा १ नम्बर प्रदेश मा सर्वाेच्च शिखर सगरमाथा देखी विश्वकै होचो स्थान केचनासगै प्रसस्थ पर्यटकीय क्षेत्रहरु हुदा हुदै पनि राज्य ध्यान जान नसकेको वताउनुभयो । उहाले प्रदेश नम्बर १ लाई छुट्टै प्याकेज बनाएर यसको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अथितिका रुपमा रहनुभएका नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटनको लागी राइट प्रोडक्ट,लोकेशन ,राइट टाइम र राइट मार्केटिङ आवश्यक पर्ने वताउदै नेपालमा सबै भए पनि मार्केटिङको अभावमा पर्यटनको विकास केही पछि परेको वताउनुभयो । पर्यटन वोर्ड नेपालको पर्यटकीय क्षेत्रका विकास तथा प्रचार प्रसार सधै लागी परिरहेको दावि गर्दै निर्देशक जोशीले पर्यटनको विकासमा मुख्य भुमिका निजि क्षेत्रको हुने वताउनुभयो ।

उहाले पर्यटन व्ययवसाय भएको वताउदै यसको विकासमा राज्यले भन्दा पनि निजि क्षेत्रलेनै गर्नु पर्नैमा जोड दिनुभयो । राज्यले शिक्षा स्वास्थ्यमा जस्तो पर्यटनमा लगानी गर्न नसक्ने वताउदै व्ययसायमा निजि क्षेत्रकै लगानी आवश्यक रहेको वताउनुभयो ।

तपाईको प्रतिक्रिया