धरान / राष्ट्रिय खेलकु परिषदका सदस्य सचिव केशव विष्टले धरान अब धार्मिकमत्र नभई साहसी खेलको रुपमा परिचित भएको बताउनुभएको छ । सदस्य सचिव विष्टले चौथो माउन्टेन स्पोर्टस फेस्टिवल अन्तर्गत प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता २०१६ को समापनका आवसरमा
यस्तो बताउनुभएको हो ।
साहसी खेलको रुपमा परिचित प्याग्लाइडिङलाई नेपालमा विकास गरेर लाग्नुपर्नेमा जोड दिदै नेपाल प्याग्लाडिङ संघले पहल गरेमा आगामी साप गेममा यसलाई
समावेश गर्ने समेत बताउनुभयो । उहाले विगतमा धरानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराइएकोमा अब भने साहसिक खेलको माध्यमबाट धरानलाई विश्वमा चिनाउन मद्धत पुग्ने बताउदै सम्भावना बोकेका अन्य स्थानमा समेत यसकाे प्रवद्र्धनका लागि राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाले यसपटक राष्ट्रिय स्तरको प्रतियोगिता भएपनि आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउन धरान लगायत पूर्वाञ्चलका सम्पूर्ण खेलप्रेमी, पर्यटन
राष्ट्रिय खेलकुद परिषद र एक्स्ट्रीम धरानको आयोजनामा भएको प्रतियोगितामा धरान २४ स्थित चिण्डेडाडाबाट उडान गरी धरान १७ एयरपोर्ट ग्राउन्डमा ल्यान्डिङ
गराइएको थियो । ल्याण्डिङको आधारमा विजय घोषणा गरिएको थियो । प्रतियोगितामा नेपाली र विदेशी गरी ४० जना चालकले प्रतिष्पर्धा गरे पनि सहभागिता भने ६० जनाले जनाएका थिए ।