धरान / पुर्वमा साहसिक खेल पर्यटन प्रर्वद्धन गर्न धरानका सम्पूर्ण समुदाय आआफ्ना ढंगले लागेका छन् । पूर्वाञ्चलमै पहिलो पटक आयोजना हुन लागेको प्रतियागितालाई सफल बनाउदै विश्वमै धरानलाई चिनाउन सवैपक्ष हौसिएका हुन् । त्यसमा पनि प्राविधिक विज्ञहरुले पेराग्लाइडिङका पाइलटहरुले धरान प्याग्लाइडिङको अत्यन्तै उपयुक्त स्थान भएको बताएपछि धरानेहरु यो खेलको विकासको प्रवद्र्धनका लागि आ आफ्नो तरिकाले जुट्न थालेका हुन् ।
यही सोचका साथ पूर्वाञ्चलमै पहिलोपटक बिहिबारदेखि शुरु हुन लागेको तीन दिने राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप २०१६ लाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्न सर्वसाधाणहरु तयार समेत भएका छन् । राज्यले समेत शाहसिक खेल पर्यटनलाई उपेक्षित गरिरहेको समयमा स्थानीय स्तरबाट आफ्नो स्थानको विकासका लागि सहयोगहरु जुट्न थालेको छ । यसै क्रममा विगत केही समयदेखि धरान १८, बुद्धचोकस्थित एमसि(मंगोलिन कफी) आवर सञ्चालन गर्दै आउनुभएका सञ्चालक पूर्ण राईले प्रायोजन गर्ने हुनुभएको छ ।
च्याम्पियनसिपको स्थानीय संयोजक एक्स्ट्रीम धरान र एमसिका सञ्चालक पुर्ण राईबीच भएको छलफलमा पुर्वमा पहिलो पटक हुन लागेको कार्यक्रमलाई प्रायेजन गर्ने प्रतिबद्धता अनुरुप आज उहाले ३० हजार नगद चेक हस्तान्तरण गर्नुभएको छ भने र २० हजार बराबरको ट्रफी एवं टोकन अफ लभ आयोजकलाई उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । पूर्वमा पहिलो पटक भित्र्याइएको साहसिक पर्यटन खेल प्याग्लाइडिङले धरानमात्र हैन पूर्वकै पर्यटन स्थलको प्रवद्र्धन हुने भएकोले पनि आफूले सहयोग गरेको एमसी आवरका सञ्चालक राईको भनाई छ ।
भोलिदेखि हुने राष्ट्रिय स्तरको प्रतियोगितामा पोखरा लगायतका पाइलटहरु आइसकेको स्ट्रिम धरानका अध्यक्ष लेखराज जिमीले बताउनुभयो । उहाले भोलिदेखि हुने प्रतियोगिताको तयारी अन्तिम रुपमा पुगेको बताउनुभयो । उहाले उडान क्षेत्र र लेन्डिन क्षेत्रमा प्राविधिक विज्ञद्वारा अनुगमन भइसकेको बताउदै आज प्रतियोगितामा आएका पाइलटहले परिक्षण उडान समेत गरेको बताउनुभयो ।
नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एशोसिएशनको टेक्निकल टोलीले उडान गर्ने स्थान (टेकअफ)को प्राविधिकरुपमा अध्ययन गरेको छ । सोमबार राती पोखराबाट धरान आइपुगेको प्राविधिक टोलीले बुधबार बिहान धरानको विष्णुपादुकास्थित रमाइलो(चिण्डे) डाँडामा गएर अध्ययन गरेसंगै प्याग्लाइडिङका लागि धरान उपयुक्त स्थान महसुस गरी आज प्रतियोगितामा आउने पाइलटहरुले परीक्षण उडान समेत गरेका छन् । उडान पश्चात उनीहरुले धनकुटाको भेडेटार र धरान २७ को चिण्डे डाडा उडानका लाग उपयुक्त स्थान भएपनि ल्याण्डिङमा भने केही सुधार गर्नुपर्ने आवश्यक रहेको पोखराका व्यवसायिक चालकहरुको भनाई छ ।
राष्ट्रिय खेलकुद परिषद र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एशोसिएशनद्धारा आयोजनामा ११, १२ र १३ गते हुन लागेको चौथो माउण्टेन स्पोटर््स फेस्टिवलले धरानलाई मत्र हैन पूर्वाञ्चललाई नै विश्वमा चिनाउने अपेक्षा राखिएको छ । प्रतियोगिताका लागि सोमबारै ४२ जना चालक धरान आइसकेका छन् । प्रतियोगितामा ५० भन्दा बढी स्वदेशी र विदेशी पाराग्लाइडरहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ । यसअघिे यो फेस्टिवल पोखरामा मात्र हुने गरेको थियो । पोखरामा हालसम्म तीन पटक प्याग्लाइडिङ महोत्सव भइसकेको छ भन पहिलो पटक धरानमा हुन लागिरहेको छ ।
धार्मिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको धरानमा ०६७ देखि नियमित परीक्षण उडान भएको थियो । नेपालमा प्याराग्लाइडिङ शुरु भएको झण्डै दुई दशकमा गत असोजमा सरकारले पहिलो पटक पाइलटलाई लाइसेन्स दिदा पुर्वका ६ जनाले पनि पाउनुभएको थियो । जसमा देवविर जिमी, मणिराज तामाङ, एरोन राई(प्रज्वल), जीवनकुमार थेवे, लाक्पा शेर्पा र नरेश राई हुनुहुन्छ । हाल धरान स्काई एड्भेञ्चर प्रा.लिले धरानमा व्यावसायिक उडान शुरु गरिसकेको छ भने बुढासुब्बा प्याग्लाइडिङ प्रालिले पनि उडान अनुमतिको अन्तिम प्रक्रियामा रहेको जनाएको छ ।