छिन्ताङ्ग हत्या काण्ड सहिद स्मृती पार्क अलपत्र

धनकुटा / छिन्ताङ्ग हत्या काण्डमा मारिएका सहिदहरुको सम्झनामा धनकुटाको छिन्ताङ्गमा निर्माण सुरु गरिएको सहिद स्मृती पार्क निर्माण पुरा हुन नपाउदै अलपत्र बनेको छ । छिन्ताङ्गको वडा नम्वर–६ स्थित पाताल डाँडामा शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गतको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाबाट प्राप्त १ करोड ६० लाख रुपैयाँको लागतमा २०६६ सालमा पार्क निर्माण कार्य अघि बढाईएको थियो ।

पार्कमा शहिद स्मृति स्तम्भ कार्यलय भवन, गोलघर, तीनतले भ्यू–टावर र पोखरी निर्माणको काम अघि बढाईएपनि हाल सम्म शहिद स्मृति स्तम्भको मात्र निर्माण पुरा भएको छ । पार्क निर्माणका लागि रकम निकासा हुनै छोडे पछि अलपत्र वनेको सहिद स्मृती पार्क निर्माण समितीका अध्यक्ष रुपलाल राईले जानकारी दिनुभयो ।

प्रजातन्त्र प्राप्तीको आन्दोलनका बखत २०३६ सालमा खोकु, छिन्ताङ्ग र आँखिसल्लाका १६ जना सर्वसाधारण लाई पञ्चहरुले आफू बिरुद्ध लागेको आरोप लगाएर यहि स्थान र आसपासका भीरबाट खसाल्नुका साथै गोलि हानि हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया