प्रदेशको राजधानी बन्न योग्य इटहरी

इटहरी / थारू जातिको इतिहासबाट नामकरण भएको इटहरी पूर्वको केन्द्र विन्दुका रुपमा विकास भईरहेको संमृद्धि तर्फ अघि बढीरहेको नेपालको सहरहरु मध्ये एक हो । प्रदेश नम्बर १ को राजधानी समेत बन्न तर्फ लम्किरहेको इटहरी गाविस हुदै २०५३ सालमा नगरपालिका बनेको हो । दुई बर्षअघि उपमहानगरपालिको भएको इटहरी पूर्वको व्यापारिक केन्द्रका रुपमा पनि विकास भईरहेको छ । इटहरी उपमहानगरपालिकाको जनसंख्या २०६८ को जनगडना अनुसार १ लाख ४० हजार रहेको छ । जसको आधा बढि भाग ब्राम्हण क्षेत्रिको जनंख्या रहेको छ । पुर्बको बिकशित बन्दै गरेको र बसोबास योग्य शहरका रुपमा फडको मार्दे गरेको इटहरीमा पछिल्लो समयमा पुर्बि पहाडि जिल्लाहरु भोजपुर,धनकुटा,ताप्लेजुगं,संखुवासभा लगायतका जिल्लाहरुबाट मानिसहरु बडि मात्रामा बसाइ सरेर आउने गरेका कारण पनि घना बस्ति बन्दै गएको छ । आफनै आम्दानी ११ करोड भन्दा बढि भएको यस नगरपालिकाको आम्दानीको स्रोत भने एकिकृत सम्पति कर,घर नक्सा पास एवम ब्यावसाय करनै रहेको इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर अर्जुन दाहालले बताए । संघियता कार्यान्वय पश्चता इटहरी उपमहानगरपालिकाको मुहार फेरिने इन्जिनियर दाहालको दाबि छ । उनले संघियता पश्चात बजेट बढने र जनप्रतिनिधिहरुको सहभागिताका कारण बिकाश निर्माणले गति लिने भएका कारण संघियता इटहरीको बिकाशका लागि कोशेढुंगा साबित हुने दाबि गरेका छन ।

२० ओटा वडा रहेको इटहरीमा पछिल्लो समयमा गाबिएर आएका खनार,एकम्बा लगायतका केहि गाबिस भएका केहि वडाहरु भने बिकाशको दृष्टिले पछि परेको देखिन्छ । तर इटहरी उपमहानगरपालिका बन्दा गाबिएको हासपोसा गाबिसका भने सबै वडा उत्कृष्ठ ढंगबाट बिकाश भइसकेको छ । पुर्बि पहाडि जिल्लाहरु देखि बाहेक कोशि पारि रहेको १ नम्बर प्रदेशका जिल्लाका बासिन्दाहरुका लागि पनि इटहरी मुख्य गन्तब्य हो । यहि बाटो भएर बिराटनगर बिमानस्थल जानुपर्ने र पुर्बको सबैभन्दा ठुलो अस्पताल बिपि कोइराला स्वास्थ्य बिज्ञाान प्रतिष्ठान धरानबाट १५ किलोमिटर दक्षिण रहेका कारण पनि इटहरी एउटा उत्कृष्ठ रहेको यहाका स्थानियहरुको बुझाइ रहेको छ ।

त्यसो त बिटारनटरबाट झण्डै २० किलोमिटर उत्तर रहेको इटहरी बिहिबार मात्रै महानगरपालिका हुदा इटहरीलाई पनि छेउ छाउका दुहबी,रामधुनि,एवम इनरुवा नगरपालिकालाइ समेटेर महानगरपालिका बनाउन सकिने कुराहरु समेत स्थानियहरुले गर्न थालेका छन । समृद्धि सहरका रुपमा आफुलाई क्रमश स्थापीत गराउदै गएको इटहरी उपमहानगरलाई पारवहन केन्द्रका रुपका विकास गर्ने योजनाहरुपनि यहाँ कृयाशिल राजनितिकदलका नेताहरुले यतिबेला अघि सारेका छन् । विकासको सम्भावना भने बढेर गएको इटहरी सहर समृद्ध हुनका लागि त्यस क्षेत्रमा बनेका भवन तथा महलहरुले मात्रै हुँदैन त्यसका लागि भौतिक पूर्वाधारहरुको विकास हुनु अनिवार्य छ । त्यसमा पनि शिक्षा, स्वास्थ्य, यातायात, कला , सािहत्यको पनि विकास हुन जरुरी रहेको विचरा राख्छन् सार्क कवि मनु मन्जिल । त्यती मात्र नभई बेरोजगारहरुका लागि रोजगारीको सिर्जना हुनुपर्नेमा उनि जोड दिन्छन् ।

पवन अधिकारी

नीजि क्षेत्रको लगानीमा यहा आधादर्जन राम्रा कलेजहरु स्थापना भई संचालनमा आएपनि इटहरीमा एउटा पनि आंगिक क्याम्पस संचालनमा छैन् । यो उपमहानगरलाई समृद्ध सहरका रुपमा स्थापित गराउनका लागि सरकारी तहको आंगिक क्याम्पस हुन जरुरी रहेको प्राध्यापक बिष्णु शर्माको भनाई छ । निजी तथा सामुदायिक क्याम्पसहरुले त्यसको कमीलाई पूर्ति गरिरहेको छ । तर स्वास्थ्यको क्षेत्रमा भने इटहरीमा केही निजी क्लिनिक तथा उपचार केन्द्रहरु र केही उपस्वास्थ्य चौकी भन्दा बाहेक कुनै पनि पूर्वाधार देखिँदैन । त्यसैगरी यातायातको हकमा अन्य यातायातको सुविधा भए पनि हवाई यातायातका लागि भने विराटनगरमै निर्भर रहनु परेको छ । नगरपालिका छदाका बेलामा भएको पूर्वाधार हेर्ने हो भने इटहरीमा बसाई–सराई गरेर आउनेको संख्या एक दशकमा दोब्बर भन्दा पनि बढेको तथ्याङ्कले देखाउँछ । त्यसको प्रभाव अहिले उपमहानगर पालिका हुँदा थपिएका गाविसमा पनि देखिन्छ । त्यसो त पछिल्लो समयमा इटहरी नगरपालिकाको प्राङ्गण सुन्दर बनेको छ । केही वर्ष अघिसम्मको ट्याक्टर ग्यारेज जस्तो देखिने नगपालिकाको प्राङ्गण यतिबेला चलचित्र सुटिङ गर्ने स्थलमा परिणत भएको छ ।

नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत पशुपति खतिवडाको नेतृत्वमा भएको यो कार्यको प्रशंसनीय छ । तर, अब इटहरी उममहानगरपालिकाले यति मात्रै गरेर पुग्दैन । पुर्वको केन्द्र र दैनिक १२ हजार सवारी साधानको चाप रहने इटहरीमा सुविधासम्पन्न अस्पतालको खाँचो छ । हुन त यहा पनि अस्पतालका लागि निजी क्षेत्रबाट लगानी नभएका होइनन् । तर, ती अस्पतालले विश्वास जित्न सकेको अवस्था देखिँदैन । झण्डै डेढ लाख जनसङ्ख्या भएको इटहरीले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका विभिन्न अस्पतालहरुमा निर्भर रहनुपर्ने अवस्था छ । इटहरी र यस आसपासका ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखी एउटा स्तरीय अस्पताल हुनुपर्ने देखिन्छ । सवारी दुर्घटना हुदा वा कुनै ठूलो रोग लाग्दा इटहरीमा उपचार गराउन असम्भव नै देखिन्छ । त्यसैगरी इटहरीको अर्काे विकराल समस्याको रुपमा रहेको ढल तथा फोहोर व्यवस्थापन हो ।

बढ्दो शहरीकरणसँगै ढल तथा फोहोरको उचित व्यवस्थापन नहुँदा इटहरीबासीले सास्ती पाइरहेका छन् । अब उपमहानगरपालिका भएपछि भने यसको बिस्तार गर्न जरुरी छ । अझ वर्षायाममा त ट्याङ्ग्रा तथा बुढी खोलाको पानी बजारमै छिर्नाले नगरका कतिपय क्षेत्रमा ३÷४ फिटसम्म पानी जम्ने गरेको पाइन्छ । यसको दीर्घकालीन व्यवस्थापनको खाँचो देखिन्छ । त्यस्तै इटहरीका कतिपय क्षेत्रमा रहेको खुला सार्वजनिक जग्गा अभावले पनि व्यवस्थित शहरीकरणमा बाधा पु¥याएको पाइन्छ । भएका सार्वजनिक जग्गामा छाडा पशुको बासस्थान हुने गरेको छ । तर, नगरलाई पर्याप्त सार्वजनिक जग्गा नहुँदा नगरको शोभा बढाउन कठिन हुने नगरबासी बताउँछन् । कुनै विपत् आइपर्दा पनि जनधनको रक्षा गर्न खुल्ला सार्वजनिक जग्गा अभाव इटहरीमा देखिएको छ । ठूलाठूला घर बन्दै गर्दा भूकम्प लगायका विपत् आइपरे जनता कहाँ सुरक्षित हुने यो विषयमा सम्बन्धित निकायले चासो दिन जरुरी छ । त्यस्तै इटहरीमा जनघनत्व बढेको लगभग डेढ दशक भएको छ । सशस्त्र द्वन्द्वका कारण पहाडी क्षेत्रबाट विस्थापित वा प्रभावित भएकाहरुका लागि इटहरी सुरक्षित क्षेत्र भएका कारण धेरैको रोजाइ बनेको छ ।

बढ्दो बसाइँसराइँसँगै समस्या पनि निम्तिएको छ । त्यो समस्या भनेको अव्यवस्थित शहरीकरण हो । इटहरीलाई पूर्व पश्चिम तथा कोशी राजमार्गले छोए पनि इटहरीभित्रका कतिपय बाहिरी बस्ती दुर्गमझैँ छन् । इटहरीबाट पानबारी जाने यातायातले उत्तरपूर्वी क्षेत्रका वडा नम्बर २ र ३ का नागरिकलाई केही राहत पुगेको भए पनि त्यो पर्याप्त भने छैन । त्यसबाहेक सडकबाट टाढा रहेका कतिपय टोलबस्तीमा पुग्न पैदलै जानुपर्ने समस्या पाइन्छ । पछि थप गरिएको क्षेत्रमा पनि लिंक रोड जरुरी देखिएको छ । यिनै तथ्यलाई मनन् गरी इटहरीमा लिंक रोड बनाउन पहल सुरु गरिएको भए पनि त्यसले गति लिन सकेको छैन । नगरवासी र सरोकारवालाले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । त्यसैगरी इटहरीको सुरक्षालाई पनि चूनौतिका रुपमा हेरिन्छ । यहाँका होटलमा अवैध यौन क्रियकपाल हुने गरेको भन्दै बदनाम कमाएको इटहरीले पछिल्लो समयमा भने त्यसबाट लगभग मुक्ति पाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा आएका डिएसपी विनोद शर्माको नेतृत्वमा अवैध यौनजन्य गतिविधिसहित अन्य आपराधिक क्रियकलापमा कमी आएको छ । यसको निरन्तरता भइरहे पनि इटहरी केही हदसम्म शान्त हुनेछ । यस्तै शिक्षा क्षेत्रमा सरकारी लगानी नभए पनि निजी क्षेत्रको लगानीले इटहरीलाई राम्रै उपलब्ध गराएको छ । यहा निजी क्षेत्रमै खोलिएको कलेज तथा विद्यालयमा अभिभावक सन्तुष्ट भएको देखिन्छ । कला साहित्यको क्षेत्रमा पछिल्लो समय इटहरीमा धेरै नै प्रगति भएको देखिन्छ । कला क्षेत्र सुसुप्त रहेको अवस्थामा पछिल्लो समय यस क्षेत्रमा यसखालका जमघट हुन थालेका छन् । शैक्षिक क्षेत्रका बिकाशको रुपमा इटहरीमा केहि महिना अघिदेखि मात्र अत्याधुनिक रुपमा डिजिटल माध्यमबाट पढाइ हुने झण्डै २० करोड बढिको लागतमा बिश्वआर्दश एकेडेमी स्थापना भएको छ । यहा प्ले गु्रप देखि ९ कक्षा सम्म पढाइ हुे सञ्चालक पोषराज नेपालले बताए । यस खेखि बाहेक पनि इटहरीमा अत्यन्तै राम्रा र नाम चलेका कलेज एवम बिद्यालय समेत सञ्चालनरत छन । साहित्य र संगीतका श्रष्टाको जमघट हुन थालेकोे छ ।

इटहरीकै केही साहित्य र संगीत प्रति तल्लीन प्रतिभाको अगुवाईमा भइरहेको यो कार्य प्रशंसनीय छ । त्यती मात्र होइन, नेपालमै पहिलो पटक इटहरीम्रै यहाँका संगीतकर्मीहरुको अग्रसरतामा संगीत साधन प्रतिष्ठान स्थापना भई आफ्नै सुविधासम्पन्न भवन निर्माण कार्य भईरहेको छ । चार तल्लकाको बन्न यो भवनबाट संगीतको पढाईसंगै यसको श्रृवृद्धिका लागि कार्यअघि बढ्ने प्रतिष्ठानका महासचिव राजु केसीको भनाई छ । साहित्यमा पनि इटहरीले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतिभा जन्माइसकेको छ । इटहरीमा क्षेत्रीय रङ्गशाला निर्माणको काम थालिएको पनि छ । तर, त्यो रंगशाला कहिलेसम्ममा बन्ने र कति पूर्वाधार बन्ने कुनै टुङ्गो छैन । राजनीतिक दलको किचलोका कारण रङ्गशाला बन्न नसकेको धेरैको बुझाइ छ । राजनीतिक दल भने त्यसलाई मान्न तयार देखिँदैनन् । रङ्गशाला नबन्नुको वास्तविकता जे भए पनि इटहरीमा रङ्गशालाको आवश्यकता भने देखिन्छ । उपमहानगरपालिका भइसकेको इटहरीको आवश्यक पूर्वाधारलाई हेर्न हो भने यसतर्फ नगरबासी र नगरसँग सरोकार राख्ने संघसंस्थाले खासै ध्यान पु¥याएको देखिँदैन ।

त्यसैगरी पर्यटन विकासका लागि इटहरीमा पर्याप्त सम्भावना रहेको छ । यहाँ रहेका पर्यटकीय स्थलमध्ये एक स्थल हो वडा नम्बर २ र ३ को सिमानामा पर्ने तालतलैया । तालतलैयाको प्रबद्र्धनमा खासै पहल गरेको पाइदैन । त्यहाँको तालमा बोटिङ गर्नको लागि ल्याएका डुङ्गालाई पनि सञ्चालन हुन सकेको छैन । सञ्चालनमा केही अप्ठ्यारा भए ती अप्ठ्यारालाई हटाउन पहल गर्नु जरुरी देखिन्छ । इटहरी नगरपालिका परिसरमै रहेको मेचीकाली पोखरीको उचित व्यवस्थापन गरी त्यसलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनेतर्फ पनि पहल गर्न सकिन्छ । त्यसो त सन् २०१४ को शुरुसँगै इटहरीमा होमस्टे पनि सुरु भएको छ । वडा नम्बर ३ खोर्सानेखापमा सुरु भएको होमस्टे जिल्लामै पहिलो हो । सो होमस्टेको प्रचारप्रसार भने खासै भएको पाइँदैन । यि विविध विषयमा यदि इटहरी उपमहानगरपालिकाले ध्यान पु¥याउने र यसको दीर्घकालीन समाधान खोज्ने हो भने यसलाई भौतिक पूर्वाधारले सु–सज्जित उपमहानगर बनाउन कठिन देखिँदैन ।

इटहरीलाई देशकै समृद्ध सहर बनाउनका लागि धेरै संभवाना देखेरै होला दोस्रो चरणको स्थानीय निकाय निर्वाचनमा सहभागी हुने प्रमुख राजनितिक दलका स्थानीय नेताहरुले आफ्नो प्रमुख चुनावी एजेण्डामा समृद्धिलाई बिषेश प्राथमिकताका साथ राखेका छन् । यसले पनि के संकेत गर्छ भने स्थानीय तहको निर्वाचनपछि चुनिएर आउने जनप्रतिनिधिहरुको इच्छा शक्ति भए इटहरी समृद्धिको सहर बन्नमा कसैले रोक्न सक्दैन ।

तपाईको प्रतिक्रिया