​संखुवासभामा १४ हजार बढी रुख काटेर विद्युत् लाइन बिस्तार

संखुवासभा । संखुवासभामा विद्युत् लाइन बिस्तारका लागि १४ हजार बढी रुख काटिने भएको छ ।

अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३.२२ हेक्टरका ६ हजार २ सय ९४ रुख काटिएको भारतीय निर्माण कम्पनी सतलज कम्पनीले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त परिणामको रुख काट्न सुरु गरिएको हो ।

आयोजना स्थल ड्याम साइड र पावर हाउसमा लगिने ३३ केभी प्रशारण लाइनले ९९४ र २२० को कोशी करिडोरले ७३० रुख काटिने जिल्ला वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…