९ करोडको लगानीमा सुन्दरहरैंचामा सार्वजनिक शाैचालयको निर्माण हुँदै

सुन्दरहरैंचा / देशै भरि खुल्ला दिशा मुक्त क्षेत्र अभियान चलिरहेको बेला मोरङको सुन्दरहरैंचा नगरपालिकाको विभिन्न स्थानमा सार्वजनिक शाैचालयको अहिले र्माण कार्य थालेकाे छ ।
नगरको विभिन्न स्थानमा शौचालयको आवश्यकतालाई मध्यनजर गरी निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाई रहेको छ । व्यवस्थित शौचालय नहुदा नगरमा समस्या बढे पछि कोसीहरैँचा उधोग वाणिज्य संघ, सुन्दरहरैँचा नपा, नागरिक समाजको पहलमा सार्वजनिक शौचालय निर्माण प्रकृयालाई अघि बढाइएको हो । नगरको विराटचोक , खोर्साने तथा सलकपुरमा शौचालय निमार्णको काम अघि बढेको छ । गोठगाउँ, बलिया, मृगौलिया, हरैँचा लगायतका स्थानमा निमार्ण गर्ने योजना रहेको छ । सार्वजनिक शौचालयको लागत ९ करोड रुपैया भन्दा बढि रहेको छ ।

अन्तराष्ट्यि मापदण्ड अनुसारको आधुनिक भनिएको शौचालय सुविधा सम्पन्न बनाउने भनिएको छ । शौचालयमा वाथरुम, स्मोकिङ जोन, सेनेटरी प्याड फेर्ने, मोबायल चार्ज गर्ने, तौल मापन गर्ने लगायतका सुविधा भएको शौचालय बन्ने बताइएको छ । शौचालय अपाङग, महिला, बालमैत्री रहने छ । अढाई तलामा निमार्ण हुने शौचालयको माथिल्लो तलामा सार्वजनिक पुस्तकालयको स्थापना गरिने छ । त्यस भन्दा माथी शौचालयको सरसफाई गर्ने परिवार बस्ने व्यवस्था रहने छ ।

कोसीहरैँचा उवासले विगत बर्षमा आयोजना गरेको एक्स्पो बाट खर्च भएर बाँकी रहेको रकम ८० लाख , सुन्दरहरैँचा नपा बाट करिब ३ करोेड तथा विभिन्न व्यक्तिहरुको चन्दादान सहयोगबाट आर्थिक संकलन गरेर सुबिधा सम्पन्न शौचालय बन्न लागेको कोसीहरैँचा उवासका अध्यक्ष नवराज चापागाईले बताए । एक्स्पोका तत्कालिन कार्यक्रम संयोजक तथा सार्वजनिक शौचालय निमार्ण समितिका अध्यक्ष भोलेश्वर दुलालले एक्स्पो कार्यक्रम संगै आधुनिक शौचालयको अवधारणा ल्याएका थिए । दुलालले शौचालयको लागी ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग समेत गरेका छन ।

नगरको सात स्थानमा निमार्ण हुने सार्वजनिक शौचालय एउटै डिजाईन र कलरको हुने भएकाले बढदो जनसङख्या तथा अति आवश्यकताको विषय मनन गरेर शौचालयको निर्माण कार्यलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर सहयोग समेत गरेको सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकालले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचाको शुक्रबारेमा खेल मैदानको शुभारम्भ

पहिलाे पाहिलाकाे सम्मान तथा अन्तरक्रिया कार्यक्रममा १ सय १० बर्षिय नगरमाता सम्मानित

नरसिंह स्कुलको २७ औ अभिभावक दिवस सम्पन्न

विराटचाेककाे सिद्धेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्व भव्य रुपमा मनाईयाे (तस्विरहरू)

विराटचाेकमा सिद्धेश्वर महादेव मन्दिर गहनाकाे रुपमा परिचित, महाशिवरात्री पर्व भव्य रुपमा मनाईने

सुन्दरहरैचा एक्स्पाेमा जे देखियाे (५४ तस्विरहरू)

सुविजीमुरकाे खेलकुद सप्ताह शुरु

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने

आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण तेस्रो सुन्दरहरैंचा एक्स्पो २०७५

सुन्दरहरैंचा एक्स्पाेकाे तयारी तिब्र, हेलिकप्टरबाट पूर्वकाे विभिन्न ठाउँ अवलाेकन गर्न सकिने

तपाईको प्रतिक्रिया