५० लाख बढी ठगी गर्ने सुनसरीकी युवती पक्राउ

सुनसरी / दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको छ । गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख गएकी इटहरी उपमहानगरपालिका ४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो ।

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको (सिइओ) बताउँदै कोरोना महामारीमा दैलेखमा राहत वितरण गर्ने र आफूलाई अमेरिकाको लागि भिसा पनि लागेकाले ८(१० जना लान सकिने भन्दै ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा उनलाई गरिएको प्रहरीले जनाएको छ । उनले अमेरिका पठाइदिने भन्दै नारायण नगरपालिका १ नयाँ बजारका मनोज थापाको ९० हजार, सोहि वडा बस्ने विवेक थापाको ५२ लाख १४ हजार १० रुपैयाँ ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार यही पुस ९ गते ठगी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको र जिल्ला अदालत दैलेखको पक्राउ अनुमति बमोजिम महानगरीय प्रहरी परिसर टेकु काठमाडौंसँग समन्वयमा प्रक्राउ गरी दैलेख उपस्थित गराइएको जनाएको छ । प्रक्राउ परेकी उनलाई पुस २१ गते देखी लागू हुने गरी जिल्ला अदालत दैलेखबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । गत असारपछि दैलेखका विभिन्न स्थानीय तहमा राहत वितरण गर्दै आएकी उनले सुरुमै जिल्ला प्रशासन कार्यालय दैलेखबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया