३० रुपैयाँको क्यालेन्डर गाउँपालिका पुग्दा ८०

बिर्तामोड । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमत्तोमा क्यालेण्डर छपाइमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रति गोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाई गरेपनि कर्मचारीले भने क्यालेन्डर गाउँपालिका पु¥याउँदा सो मूल्य ८० रुपैयाँ पु¥याएसंगै गाउँपालिकामा चरम अनियमितता हुने गरेको खुलेको हो । तर, यस विषयमा आफूलाई केही थाहा नभएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । उनले आफूलाई कति क्यालेन्डर छापिएको हो सो को समेत जानकारी नभएको बताएका छन् । उनले भने – गाउँपालिकाले क्यालेन्डर छाप्ने निर्णय गरेको हो तर कति छापियो त्यो मलाई थाहा भएन । क्यालेन्डर छाप्ने जिम्मा लेखा र स्टोरले लिएका थिए भुजेल भन्छन्– कति र कसरी छापिएको हो आफूलाई केही थाहा छैन ।

तर, चारआलीमा रहेको एक छापाखानाका सञ्चालकले पूर्वाञ्चलकर्मीसंगको कुराकानीमा भने – वुद्धशान्ति गाउँपालिकाको क्यालेण्डर छाप्दा आफूले घाटा व्यहोरेपनि पनि विल भने उनीहरुले मागे अनुसारकै दिएको छु । अरु– अरु पनि काम पाउँने आशा थियो, छपाइको सबै काम मलाई दिने भनेपनि कर्मचारीले आफू अनुकुल मात्रै काम गर्दा रहेछन् । त्यसपछि एउटा पनि काम दिएनन् छापाखाना सञ्चालकले भने ।

यता गाउँपालिकाका लेखा अधिकृत अनिल निरौलाले क्यालेन्डर छपाइमा गाउँपालिकाले २ लाख ४० हजार रुपैयाँ खर्च गरेको बताएका छन् । उनले भने – गाउँपालिकाले प्रति क्यालेन्डर ८० रुपैयाँ लगानी गरेको छ । तीन हजार क्यालेन्डर छापिएको हो । ’

२ लाख ४० हजार रुपैयाँको क्यालेन्डर छापिएपनि छापाखानाले ९० हजार रुपैयाँ मात्रै पाएको छ । कर्मचारीको मिलेमत्तोमा स– सानो कुरामा गाउँपालिका भित्र चरम भष्ट्राचार हुँदा समेत वुद्ध शान्ति गाउँपालिका वेखवर छ । आफ्नै गाउँपालिकाले छापेको क्यालेन्डरको विषयमा जानकारी नराख्नुले अध्यक्षको समेत मिलेमत्तो भएको हुन सक्ने बताइएको छ ।

यता गाउँपालिकाले छापाखाना सञ्चालकलाई दुई लाख ४० हजार रुपैयाँको एकाउण्ड पेई चेक प्रदान गरेपनि चेक साटिएपछि १ लाख ५० हजार रुपैयाँ कर्मचारीले नै लगेको श्रोतले जनाएको छ । ९० हजार रुपैयाँको क्यालेण्डर छाप्दा गाउँपालिकामा एक लाख ५० हजार रुपैयाँ भष्ट्राचार भएको विषयमा गाउँपालिकाका कार्यकारी अधिकृत धनन्जयकुमार साहले त्यसमा आफ्नो कुनै मिलेमत्तो नभएको बताएका छन् । क्यालेन्डर छपाइमा गाउँपालिकाले सबै काजगात मिलाएको उनको भनाई छ । यता गाउँपालिकाले अहिलेसम्म पनि आर्थिक वर्ष २०७६÷०७७ का लागि वजेट सार्वजनिक गर्न सकेको छैन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…