२ किलो गाँजा सहित धरानबाट २ पक्राउ

सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-१२ गिता मन्दिरबाट प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र ईटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले २ किलो गाँजा सहित धनकुटा नगरपालिका-१ बस्ने बर्ष ५८ को डीक बहादुर राई र धरान उप-महानगरपालिका-४ बस्ने बर्ष ४५ को माधव प्रसाद घिमिरेलाई दिउँसो साढे १ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…