१० हजारको चेकबाट १ लाख १० हजार रकम निकालेपछी…

पथरी / चेकमा लेखिएको रकम भन्दा १ लाख रुपियाँ बढी पैसा बैंकबाट निकालेर रन सुज इण्डष्ट्रिजका बजार प्रतिनिधि फरार भएका छन् । मोरङको पथरीशनिश्चरे १ का सुमन श्रेष्ठले गत असार २६ गते एनआइसी एसिया बैंकबाट भूक्तान लिने गरी १० हजार रुपियाँको चेक रन सुजका बजार प्रतिनिधि प्रकाश अधिकारीलाई दिनु भएको थियो ।

श्रेष्ठले चेकमा भुक्तान दिनु पर्ने अङ्क अक्षरमा लेख्न छुटाउनु भएको थियो । त्यही भूलको फाइदा उठाउँदै अधिकारीले चेकमा अक्षरमा एक लाख दश हजार रुपियाँ लेखी अङ्कमा १ थपेर १० हजारको चेकलाई १ लाख १० हजारको बनाउनु भएको थियो । एनआईसी एसिया बैंकको पथरी शाखाको ओभर ड्राफ चेक अधिकारीले उर्लाबारी शाखाबाट साट्नु भएको थियो ।चेक साट्दा अधिकारीले प्रेमप्रसाद अधिकारी नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपि बैंकमा छोड्नु भएको छ ।

१० हजार रुपियाँ निकाल्नु पर्नेमा १ लाख १० हजार रुपियाँ निकालेको कुरा सोही दिन थाहा पाएपछि श्रेष्ठले तत्काल अधिकारीसँग सम्पर्क गरी १ लाख रुपियाँ फर्काइदिन आग्रह गर्नु भएको थियो । तर, अधिकारीले आलटाल गर्दै १ महिना कटाएपछि श्रेष्ठ मिडियाको सहयोग लिन बाध्य हुनु भएको हो । श्रेष्ठ पथरी बजारमा श्रीकृष्ण सुज सेन्टर सञ्चालन गर्दै आउनु भएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

प्रहरी स्कटिङ मै नम्बर प्लेट बिनाकाे गाडी ! , किन यस्ताे भन्दा उल्टै गाडीमा सबार भारतीय मूलका जस्ता देखिने व्यक्तीहरू द्वारा दुर्ब्यहार ( ८ तस्विरहरू सहित)

पथरीमा खुल्ला नकाउट फुटवल हुने

मोरङको कानेपोखरीमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानियहरु हर्सित

सरकार बिकासे गतिमा जनताको साथमा : प्रधानमन्त्रीको आव्हान

सुनबर्शीमा प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने, प्रथम पुरस्कार २ लाख ११ हजार

प्रधानमन्त्री आउने भएपछि रातरात वाटो कालोपत्रे

लेटाङमा एक बालिका बलात्कृत

बनको जग्गामा नेम्वाङको ट्रायल सेन्टर

कुटो कोदालीद्वारा ४ जना वडाध्यक्ष सम्मानित

तपाईको प्रतिक्रिया