हिस्टानले बुझायाे नगर प्रमुखलाई ज्ञापनपत्र

पथरी / साविक उच्च माध्यमिक शिक्षक एसोसियसन नेपाल (हिस्टान) पथरीशनिश्चरे नगर मोरङले आज विभिन्न मागसहितको ज्ञापनपत्र पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईलाई बुझाएको छ । हिस्टान पथरीशनिश्चरेले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, शैक्षिक संयोजक एवम् विद्यालय निरीक्षक दुर्गाप्रसाद सिग्देल र सञ्चारकर्मीको उपस्थितिमा आफ्नो ४ सूत्रीय माग समेटिएको ज्ञापनपत्र नगरलाई बुझाएको हो ।

पथरीशनिश्चरे नगर अध्यक्ष राजु तिम्सिनाको अगुवाइमा भएको सोे ज्ञापनपत्रमा कक्षा ९ देखि १२ सम्मको माध्यमिक तहमा तत्काल आवश्यकताअनुसार शिक्षक व्यवस्थापन गर्नुपर्ने पहिलो माग समेटिएको छ भने साविक उच्च माविमा पढाउने शिक्षकको मर्यादाक्रमअनुसार हाजिरी हुनुपर्ने, प्राज्ञिक उन्नतिका लागि अवसर प्रदान गरिनुपर्ने र निजी स्रोतमा कार्यरत शिक्षकको पारिश्रमिक पनि सरकारी सरह कायम हुुनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख दिलिपकुमार राईले शिक्षकहरुले उठाएका विषयमा आफू सकारात्मक रहेको र उल्लेख भएका समस्यालाई सरोकारवाला सम्म पुर्याएर समस्या समाधान गर्ने प्रतिबद्धता दिनु भएकाे छ । हिस्टानको केन्द्रीय नीति र आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत नगरभित्र क्रियाशील हिस्टानले पनि स्थानीय निकाय प्रमुखलाई उक्त ज्ञापनपत्र बुझाएको हिस्टान मोरङका सदस्य बुद्धिनाथ अधिकारीले जानकारी दिनुभएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पञ्चायतकाे दशैँ, तिहार र छैठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मापदण्ड विपरित सञ्चालनमा रहेकाे स्वास्थ्य संस्था सिलबन्दी

पथरीशनिश्चरे खुला नकआउट फुटवल : लेटाङ फाईनल प्रवेश

मुसहर बस्ती भिलिमीली

बिध्यालय जोगाउन बाल क्लव र जनप्रतिनिधी जुट्दै

ब्लड क्यान्सर पिडित धड्कनलाई ने.का. को ७१ हजार सहयोग

दीर्घरोग संग जुधिरहेकाहरुलाई ४ लाख ३० हजारकाे उपचार सहयोग : लेटाङ नगरपालिका

सामुदायिक वनले ग-यो क्षमता अभिवृद्धि तालिम

नगरले बजेटमा मनोमानी गरेको भन्दै नगर पालिका घेराउ

थुनुवाहरुलाई पुस्तक वितरण

तपाईको प्रतिक्रिया