हावाहुरीबाट सुन्दरहरैचामा करोडौको क्षति,दर्जनौ परिवारको बिचल्ली

सुन्दरहरैंचा । मोरङ सुन्दरहरैंंचाको विभिन्न वडाहरुमा शुक्रबार दिउँसो आएको हावाहुरीका कारण ठूलो क्षति पुगेको छ । हावाहुरीले क्षति पुर्याएपछी सुन्दरहरैंचा नपाको पहलमा क्षति तथा पिडित भएकाहरुको अनुगमन गरि विभिन्न वडाहरुमा राहत साम्रग्री वितरण समेत शुरु गरिएको छ ।

तिव्र गतिमा करिव आधा घण्टासम्म पानी सहित आएको हावाहुरीले सुन्दरहरैंचा नगरको ३ ,४ , ५ तथा ६ नम्बर वडाहरुमा नराम्रो क्षतिका साथै करोडौको हानी नाक्सानी पुर्याएको छ । हावाहुरीका कारण घरको छानो उडाएको , रुखबिरुवा भांचेको , विजुलीको पोल लढेर बिद्युत अबरुद्ध भएर समस्या बढेको सुन्दरहरेैेंचा नपा उपप्रमुख धनमाया तामाङले बताईन् । हावाहुरीका कारण पोल्टी फार्म,च्याउखेती, केरा तथा आंँप बगान लगायतका व्यवसायहरुलाई समेत क्षति पु–र्याएको वडा नं.३ का वडाध्यक्ष जिवनप्रसाद ढुङगानाले बताए ।

हावाहुरीको क्षति अनुगमनका लागि सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, मोरङका सहायक सिडियो हेमबहादुर वस्नेत,प्रहरी प्रशासन, विभिन्न वडाका वडाध्यक्षहरु तथा नागरिक समाज लगायतको सहभागितामा अनुगमन गरि क्षतिको बिवरण समेत संकलन गरिएको छ ।

तिव्र रुपमा आएको हावाहुरीले धेरैवटा घरको छानो उडाएको हुदा पिडितहरुको विचल्ली भएकाले बर्खाको समयमा घाम पानीबाट जोगिएन पिडितहरुलाई बसोवासमा समस्या भएको वडा न.ं ४ का वडाध्यक्ष सैलेन्द्र श्रेष्ठले बताए । हावाहुरी बाट क्षति पुगेका विभिन्न वडाका गरिव, पिडितहरुको डाटा संकलन गरी नपाको तर्फबाट त्रिपाल ,म्याड, चामल तेल ,नुन लगायतका अति आवश्यक समाग्रीको वितरणमा पहल गरिएको सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकालले बताएका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचा खुल्ला दिसामुक्त, पूर्णखोप सुनिश्चितता तथा साक्षर नगरपालिका घोषणा

सुन्दरहरैंचा नपामा विपत व्यवस्थापन समिति गठन

९ करोडको लगानीमा सुन्दरहरैंचामा सार्वजनिक शाैचालयको निर्माण हुँदै

हावाहुरीबाट सुन्दरहरैचामा करोडौको क्षति,दर्जनौ परिवारको बिचल्ली

विराटचोकमा प्रिमियर इन्स्योरेन्सको शाखा विस्तार

सुकुना बहुमुखी क्याम्पस प्रदेश १ को शान हो : प्रेमप्रसाद भट्टराई

सुन्दरहरैंचामा दोस्रो नगर सभा सम्पन्न

शिक्षा सामाजिक सेवा हुनु पर्दछ : गोविन्द कार्की

विराटचोकमा गोविन्द मार्गको उदघाटन सँगै बृद्ध चौतारीको शिलान्यास

तपाईको प्रतिक्रिया