हावाहुन्डरी र पानीसंगै परेको चट्याङले धरानका ७ विद्यार्थी घाइते (तस्विरहरू सहित)

धरान / हावाहुन्डरी र पानीसंगै परेको चट्याङले धरान उपमहानगरपालिका वडा नं. २० भालुढुंगा माविमा अध्ययनरत ७ जना विद्यार्थी घाइते भएका छन् । मंगलशार दिउसो तीन बजे आएको हावाहुरी र बर्षादसंगै परेको चट्याङका कारण भालुढुगा माविमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत ५ जना, कक्षा ८ र ९ मा एक÷एक जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा धरान २० विष्णुपादुकी कक्षा ६मा अध्यरत १२ बर्षीय पूर्णिमा तामाङ, सोही कक्षमामा अध्ययनरत बर्ष ११ की दिपिका तामाङ, बर्ष १२ की मौसम राई, बर्ष ११ की संगम राई र सागुरी गढी घर भएकी बर्ष १२ की प्रमिला पाण्डे सहित कक्षा ८ मा अध्ययन बर्ष १२ की दिपा राई र कक्षा नौमा अध्ययनरत बराहक्षेत्र १ की १३ बर्षीया अस्मिता राई घाइते भएका छन् ।

घाइते हुनेहरुको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य बन्दै गएको प्रतिष्ठानको आकष्मिक कक्षमा घाइते विद्यार्थीको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान कांग्रेसले जितेका ५ वटा वडामा पञ्चिकरणको काम निशुल्क

धरानस्थित बीपी प्रतिष्ठानको आकष्मिक कक्षमा अत्याधिक चाप, भुईमै राखेर उपचार

कर खारेजीको माग गर्दै १० दिने अल्टिमेटम

कर वृद्धि खारेजीको माग गर्दै धरानमा विरोध -याली

विप्लव कार्यकर्ता प्रक्राउ

पिण्डेश्वर बाबा धाममा जल चढाउनेको भीड

हिमाल आरोही महिला पत्रकार रोशालाई सम्मान

पिण्डेश्वर मन्दिरमा जाेडियाे सिसी क्यामरा

स्थानिय तहमा अझै बेरुजु घट्नुको साटो बढ्दै

नेपाल तरुण दल सुनसरीका उपसभापति विक प्रहरी नियन्त्रणमा

तपाईको प्रतिक्रिया