हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी / बेलबारी नगरपालिकालाई हरित नगरीका साथै बेलको शहर बनाईने उद्घोषका साथ बेल बनस्पतिका बिरुवा रोपेर सो अभियानको थालनी गरिएको छ । ४६ औँ बिश्व बातारण दिबसका अबसरमा ४६ ओटा बेल बनस्पतिका बिरुवा रोपेर सो अभियानको शुरुवात भएको जनाईएको छ ।
बिश्व बाताबरण दिबसका अबसरमा बुधबार बिहान बेलबारी ३ स्थित पशुबजार लाईनमा कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी,बिशिष्ट अतिथि उपप्रमुख ढाकाकुमारी पराजुली,नेपाली काँग्रेसका जिल्ला सदस्य तथा स्थानीय निर्बाचनमा मेयरका प्रत्यासी राजकुमार लिम्बु,तिलक राई,बिभिन्न वडाका वडाध्यक्ष,संघसंस्थाका प्रतिनिधि लगायत बेलबारीका अगुवाहरुले बेलको बिरुवा रोप्दै हरित नगरी र बेलको शहरका रुपमा बेलबारीलाई बिकास गर्ने अभिप्रायका साथ सो अभियानको शुरुवात गरेका छन ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख सुवेदीले बेलबारीको ईतिहास पनि बेल बनस्पति सँग जोडिएको र हामी बाँच्न र स्वास्थ्य हुन पनि हरियाली आबश्यक भएका कारण यो अभियानलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । यो अभियान बेलबारीका ११ वटै वडामा बिस्तार गरिनुपर्ने र बेल स्वास्थ्यका लागी समेत उत्तम रहेका कारण यो अभियानमा सबै नगरबासी सहभागी हुनुपर्ने बताए ।

सुवेदीले बेलबारीका ७ वटा वडा स्थानीय खोलाहरुको जोखिममा रहेका कारण अति जोखिम क्षेत्रमा यसपटक र अन्यमा अर्को आर्थिक बर्षमा बाँध बाँधी खोला नियन्त्रण गर्ने प्रयास भईरहेको समेत बताए । खोलाको किनारामा समेत बेलको बिरुवा उपयोगी हुने भन्दै उनले बिरुवा रोप्न सबैलाई सुझाव समेत दिए । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले हरिायली बचाउँदै बिरुवा रोप्नु र बाताबरणको रक्षा गर्नु आबश्यक भएको भन्दै यो अभियान सफल बनाउन सबैमा आग्रह गरे ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…