स्वास्थ्य चौकी भवन निर्माण

बागलुङ / शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ताराखोला गाउँपालिका–१ अमरभूमिमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरेको छ । रु. एक करोड ३१ लाखको लागतमा निर्मित उक्त भवनको शनिबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।

जुम्ली आचार्य जेवी तिलक निर्माण सेवाले सम्झौतामा तोकिएको अवधिभन्दा सात महिनाअघि नै भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति र औषधि भण्डारलगायतका कक्षसहित कर्मचारीको आवास सुविधाका लागिसमेत कोठा बनाइएको छ ।

सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर श्रीसले बताउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया

Loading…