सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

सोलुखुम्बु / सोलुखुम्बुमा स्याउ प्रशोधनका लागि बर्षौ अघि खरिद गरिएको डिस्टिलरीहरु प्रयोग विहिन रहेका छन् । विहिबार बागबानी केन्द्र फाप्लुले गरेको अनुगमनमा गार्मा र फाप्लुमा रहेका ३ थान डिस्टिलरी प्रयोग विहिनको अवस्थामा पाईएको हो ।
गार्माका आङबाबु शेर्पा र फाप्लुका छिरिङ तेन्जीङ लामाको घरमा राखिएको स्याउ प्रशोधन मेसिन प्रयोग नभएको अवस्थामा भेटिएको वरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए । पत्ताले क्षेत्रमा एउटा र बागबानी केन्द्रमा रहेको डिस्टिलरी पनि प्रयोगमा ल्याईएको छैन् ।

डिस्टिलरीका संचालक विदेशी भूमिमा जानु र स्याउ उत्पादनमा कमी आउनुले पनि प्रशोधन मेसिन प्रयोगमा आउन नसकेको हो । बर्षौ अघि खरिद गरिएको लाखौको मेसिन प्रयोगमा नआउनु घाटाको विषय भएको वरिष्ठ बागबानी विकास अधिकृत श्रेष्ठले बताए ।
बागबानी केन्द्रको भने पुरा सामान भएका कारण प्रयोगविहिन बनेको हो । बजेटको व्यवस्थापन गरि बन्द रहेको प्रशोधन केन्द्र संचालनमा ल्याउने सोच अघि सारेको बागबानी केन्द्रले जनाएको छ । प्रशोधन मेसिन प्रयोगमा ल्याए किवि फलको पनि ब्राण्डी तयार पार्न सकिने संभावना रहेको प्राविधिकहरु बताउछन् ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…