सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको मृत्यु

सोलुखुम्बु / सोलुखुम्बुमा भिरबाट लडेर एक जनाको मृत्यु भएकाे छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ का ५२ बर्षीय बुद्धि बहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको हाे । बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको भिरबाट लडेर तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हाल तामाङकाे शब थप पाेस्टमार्टमकालागि अस्पताल लगिएकाे र घटनाबारे थप अनुसन्धान भईरहेको जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…