सुस्त मनिस्थितिकी युवतीलाई सामूहिक बलात्कार गर्ने पक्राउ

उदयपुर / उदयपुरमा सुस्त मनिस्थितिकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेको छ । बुधबार राति करिव साढे नौं बजेको समयमा त्रियुगा नगरपालिका २ मोथियाही स्थित स १ हज १५७६ नम्बरको अटोमा सवार १८ वर्षिय परिवर्तित नाम मायालु सामुहिक बलात्कारमा परेकी थिईन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षिय मो. अल्ला उदिन र त्रियुगा नपा १२ बस्ने २५ वर्षिय मो. मोदेबुल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । आरोपीहरुलाई तत्कालै पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया