सुन्दरहरैचाकाे साजीलालमा जितिया विशेष कार्यक्रम हुने,

माेरङ / प्रदेश नं. १ को विभिन्न ठाउमा जितिया विशेष कार्यक्रमहरू हुने भएकाे छ । माेरङकाे सुन्दरहरैंचा नगरपालिका-३, गछियामा रहेको साजीलाल खेलमैदानमा विविध कार्यक्रम गरी जितिया महाेत्सव मनाइने भएको छ । आश्वीन ५ गते थारु कल्याणकारी सभा माेरङ र थारु महिला सभा नगरकार्यसमितिको आयोजनामा हुन लागेकाे हाे । कार्यक्रममा थारु समुदायका सुमधुर स्वरका धनि गायक प्रकाश माझी, देवकृष्ण बिश्वास, रेण चौधरी र गायिका सुनीरा चौधरीको बिशेष सांगीतिक प्रस्तुती रहने छन् ।

पछिल्लाे समय थारू जातीका परम्परा तथा संस्कृती लाेप हँदै गइरहेकाे अवस्थामा थारुहरुको कला, संस्कृति, भेषभुषा-भाषा र संस्कारलाई जगेर्ना गर्ने उद्धेश्यले जितियाकाे अवसरमा कार्यक्रम गर्न लागिएको थारु महिला सभा नगर कार्यसमितिका अध्यक्ष दुर्गा चौधरीले जानकारी दिनुभयो । कार्यक्रमलाई भब्य र सभ्य बनाउन नगर तथा जिल्लाका बिभिन्न संघ संस्थालाई समेत निमन्त्रणा गरिएको अध्यक्ष चौधरीले बताइन ।

जितियाकाे अवसर पारी आयोजना गरिएकाे सांस्कृतिक कार्यक्रममा स्थानीय थारु समुदायका कलाकारहरुको प्रतिभा उजागर गर्न नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ । नृत्य प्रतियोगिताको लागि निर्णायक मण्डल तय गरि सकेको जनाउदै निर्णायक मण्डलको मुख्य भूमिकामा नेपाल टेलिभिजनमा प्रसारित भएको पहिलो थारु टेलीशृंखलाका निर्देशक, निर्माता रहेका राजनारायण सेन र वरिष्ठ नाटाकार “बरेलीबालि” का कुलदिप चौधरी रहने छन् । नृत्य प्रतियोगितामा उत्कृष्ट प्रथम, द्धितीय, तृतीयलाई नगद पुरस्कारको समेत ब्यबस्था रहेको छ ।

 

सो कार्यक्रममा प्रदेश १ का सांसद चुमनारायण तबदारले समुद्घाटन गर्ने र सुन्दराहरैचाका मेयर शिव प्रसाद ढकाल, थारु कल्याकारिणी सभा जिल्ला अध्यक्ष प्रदिप भगत लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ का बिजेता तेजेन्द्र बिश्वास र शिवानी चौधरी समेत आकर्षणको रुपमा रहने छ ।

तपाईको प्रतिक्रिया

Loading…