सुन्दरहरैंचामा स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना सङ्क्रमण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचामा स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना सङ्क्रमण देखिएकाे भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतका अनुसार वडा नम्बर ५ मा २ जना र वडा नम्बर २ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बस्नेतका अनुसार वडा नम्बर ५ मा कोरोना संक्रमितमध्ये १ जना स्वास्थ्यकर्मी हुन् । यस बारेमा वडाध्यक्ष रामप्रसाद रिजालसँग बुझ्दा उनले आफूलाई यस बारेमा थाहा नभएको बताए ।

बस्नेतका अनुसार वडा नम्बर २ मा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यस सम्बन्धमा वडाध्यक्ष डोरीलाल चौधरीसँग बुझ्दा उनले वडा नम्बर २ मा संक्रमण पुष्टि नभएको बताए । वडा नम्बर २ मा संकलन गरिएका व्यक्तिको स्वाब आज मात्रै कोशी अस्पताल लगिएको र रिपोर्ट आउन बाँकी रहेको उनकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया