सुन्दरहरैंचामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यू

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित पूर्व पश्चिम लाेकमार्गमा गए राति १२ बजे तिव्र गतिमा रहेकाे माेटरसाइकल एक अापसमा ठाेकिदा २ जानाकाे घटना स्थलमै निधन हुनुका साथै दुई जाना घाइते भएका छन ।

तिव्र गतिमा रहेकाे काे ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको माेटरसाईकल एक आपसमा ठाेकीदा २ जानाकाे निधन भएको हाे । दुर्घटनामा सुन्दरहरैंचा ८ बस्ने बर्ष २२ का विशाल खत्री साथै सुन्दरहरैचा १२ बस्ने बर्ष २३ का अर्पण गुरागाईँको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते २ जानालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएको साथै मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…