सुनसरीमा आत्महत्याका घटना बढ्यो

इटहरी / सुनसरीमा आत्महत्याको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा एक वर्षको अवधीमा १४१ जनाले आत्महत्या गरेका छन ।

प्रहरीको त्रिवर्षिय तालिका अनुसार आत्महत्या गर्ने सख्ंयामा वृद्धि भएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक नारायाण प्रसाद चिमरियाले जानकारी दिए । जिल्लामा आर्थिक वर्ष २०७२÷०७३ मा एक वर्षको अवधीमा १४१ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षको १० महिना कै अवधीमा १४० जनाले आत्महत्या गरेका छन् । तथ्यांक अनुसार जिल्लामा आत्महत्या गर्ने संख्या प्रत्येक वर्ष बढ्दै गएको हो ।

आत्महत्या गर्ने मुख्य उमेर समूह १८ देखि ३० वर्ष मुनिका बढी रहेको चिमरियाले जानकारी दिए । उनका अनुसार उमेरको आफ्नै अवस्था, आर्थिक अवस्था, सामाजिक रीतिस्थिति, पारिवारीक कलह, पढाईमा असफलता, प्रेममा धोका, परिवारबाट विछोड लगायतका कारणले जिल्लामा आत्महत्या गर्ने बताए । सुनसरीमा झुण्डिएर सबै भन्दा बढी ११३ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर २७ जनाले आत्महत्या गरेका छन् । गत वर्षको तुलनामा समेत आत्महत्या गर्ने क्रम बढ्दो स्थितिमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांकले देखाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया