सुनसरीको रामधुनी स्थित पोखरीमा डुबेर १ जनाको मृत्यु

सुनसरी / सुनसरीको रामधुनी स्थित पोखरीमा डुब्दा एक जानाकाे मृत्यू भएकाे छ । सुनसरीको रामधुनी नगरपालिका-६ ईचोल बस्ने ४५ बर्षिय पदम बहादुर श्रेष्ठ घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा फेला परेका हुन् । शुक्रबार अपरान्ह पौने ४ बजेको समयमा स्थानियबासीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…