सुनसरीको बराहक्षेत्रमा डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कोशीगढमा आज डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराहक्षेत्रले जनाएको छ ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । बराह क्षेत्रबाट उदयपुर हँुदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताएका छन् । मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

राससबाट थप

घरबाट भागेका देवर-भाउजु : होटलमा मृत भेटिइन् भाउजु , देवरको अस्पतालमा मृत्यु

आज माघे सङ्क्रान्ति मनाइँदै

बुहारीलाई करणी गरेको आरोपमा पक्राउ

श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने पक्राउ

बागलुङमा जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

श्रीमान् विदेश गएको मौका छोपी श्रीमती परपुरुषसँग भागेपछि…

ओरालो लाग्दै उखु खेती

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ, ज्याकेटका भरमा ड्युटी

संसद विघटन दुःखद् बाध्यताः मुख्यमन्त्री राई

शनिबार राजधानीका यी स्थानमा बिजुली काटिने

तपाईको प्रतिक्रिया