सुनसरीको दुहबीमा मिनी ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु, १ घाइते

सुनसरी / सुनसरीको दुहबी नगरपालिका-८ फुटानी चोकमा मंगलवार मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी जाँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगर तर्फ जाँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले दिउँसो पौने २ बजे ठक्कर दिएको थियो । ठक्करबाट सफारी चालक दुहबी-९ छातावेली बस्ने बर्ष ५० को कलिम मियाँ र सफारीमा सवार बेलबारी नगरपालिका-१ बस्ने बर्ष २८ को मन कुमार मगर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि दुहबी स्थित सामुदायिक हस्पिटल पठाईएकोमा सफारी चालक मियाँको उपचारको क्रममा सोही हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घाइते मगरको सोही हस्पिटलमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया