सुख्खा मौसम आएसंगै धरानमा पानीको चरम अभाव

धरान / प्रत्येक बर्ष झै यस बर्षको सुख्खा मौसममा पनि धरानमा पानीको अभाव शुरु भएको छ । सुख्खा मौसम आएसंगै धरानबासीहरुको पानीकै अभावमा काकाकुल भएर बाच्नुपर्ने बाध्यता छ । तर यो बाध्यता अहिलेदेखि भएको भने हैन बषौदेखिको समस्या अहिलेसम्म समाधान हुन नसक्दा यहाका सर्वसाधारणको दिनचर्या नै कठिन हुने गरेको छ । सुख्खा मौसम अर्थात फागुन, चैत्र र वैसाख तीन महिना धरानबासीले अत्यन्तै कष्टकर जीवन विताउन बाध्य हुन्छन् यसको मुख्य कारण पानीको अभाव । योसमयमा सर्दु खर्दु र तामाखाम जलाधार क्षेत्रका मुहान सुक्दै जाने र पम्पबाट तानेको भूमिगत पानी पर्याप्त नहुने हुदा बर्षेनी धरानेबासीले खानेपानीको समस्या झेल्दै आएका छन् ।

नेपाल खानेपानी संंस्थान धरानले पानीको वितरणलाई सहज गर्न धरानको टोल टोलमा दिन बिराएर एक पटक पानी सप्लाई गरे पनि प्रयाप्त हुदैन भने धेरैजस्तो ठाउमा यसरी वितरण गरेको पानी सर्वसाधारणको धारामा पानी नै नचुहिने गरेको छ । यसमा सबैभन्दा बढी चिन्ता गृहणीलाई हुने गरेको छ । उनीहरु धारामा पानी नचुहिदा बाटोबाटोमा पाइप खोलेर पानी थाप्नुपर्ने बाध्यता रहेको धरान १५ की टिकामाया बस्नेत बताउनुहुन्छ ।

धरानमा प्रत्येक दिन तीन करोड लिटर पानीको आवश्कता परे पनि यो मौसममा १ करोड ४० लाख मात्र पानी आपूर्तिृ हुने गरेको छ । धरानको खानेपानीको अभावलाई परिपर्ति गर्न एसियाली विकास बंैकको ऋण सहयोगमा निर्माण हुदै गरेको खानेपानी परियोजना समेत विवादका कारण समयमै सम्पन्न हुन नसक्दा खानेपानीको समस्या जिउका तिउ नै रहेको छ । प्रर्याप्त पानी नआएकै कारण बर्षायाममा काकाकुल भएर बस्नुपरेको धरान १६ का तीर्थ मास्के बताउनुहुन्छ । खानेपानी समस्या समाधानका लागि अन्य बेलाभन्दा योसमयमा धरानेहरु वैकल्पिक खोजीमा छलफलमा व्यस्त रहन्छन् । धारामा पानी नआउदा खानेपानी संस्थान घेराउ गर्ने, तालाबन्दी गर्ने परिपार्टी वडा समितिका कार्यालयमा घेराउ गर्ने लगायतका कामहरु हुने गरेका छन् ।

यता नेपाल खानेपानी सस्थान धरानले सु्ख्खा मौसममा प्रयाप्त पानी ट्यांकीमा जम्मा हुन नसकेकै कारण सर्वसाधारणलाई प्रयाप्त खानेपानी वितरण गर्न नसकिएको बताउदै आएको छ । पानीको मुहान सुक्दा भूमिगत पानीले मात्र थाम्न नसक्दा प्रत्येक बर्ष धरानमा खानेपानीको विकराल समस्या हुने गरेको संस्थानका प्रमुख रामकुमार श्रेष्ठ बताउनुहुन्छ । एकीकृत सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानमा आएको परियोजना पनि विवादकै कारण समयमा नसकिनु र वातावरणीय प्रभावका कारण बर्षेनी पानीको मुहान सुक्नुले बर्षेनी अभाव चुलिदै गएको छ । बर्षेनी समाधान भन्दा पनि समस्याको चाङ बढदै गएपछि सहज रुपमा खानेपानीको आपूर्ति हुनेमा धरानेबासी विश्वस्त हुन छाडेका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा सविन राईको मृत्यु

धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड

सल्लेरी र शिखर सगरमाथा सुनचाँदी इण्डष्ट्रिजबाट ठगिएका बचतकर्ताहरुले गरे पत्रकार सम्मेलन, कांग्रेस नेतासमेतको मिलेमतोमा ठगी भएको आरोप

बराह बचत तथा ऋण सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न

धरानमा प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिता

धरानमा लागू औषधसहित तीन जना पक्राउ

फुस्रेको पूरानो साख फर्काउदै ‘बीपी पार्क’ ( १५ तस्विरहरू)

धरानमा जुवा खेलिरहेको ३ लाख नगदसहित ९ जना पक्राउ

१४ वर्षीया किशोरीलाई होटलको कोठामा बन्धक बनाएर ‘८ दिनसम्म वलात्कार’

तपाईको प्रतिक्रिया

Loading…