सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

भाण्टावारी / सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न सहकार्य गरेर जाने नेपाल र भारतका सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान भाण्टावारी स्थित दशगजा क्षेत्रमा बिओपी हरिपुरको आयोजनामा गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार,अवैध व्यापार रोक्न सहकार्य गरेर जाने प्रतिबद्धता जनाएका हुन ।

बैठकमा जघन्य अपराध गरी अर्को देशमा गएर बस्ने अपराधीका बारेमा सूचना आदानप्रदान गर्ने, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सूचना आदानप्रदान गर्ने सहमति भएको बिओपी हरिपुरका इन्चार्ज सुरेन्द्र बहादुर भण्डारीले बताएका छन् । बैठकमा बोल्दै सशस्त्र प्रहरी सुनसरीका एसपी सुरेशकुमार श्रेष्ठले नेपाल र भारत दुई पक्षको सुरक्षाकर्मीको सहकार्यले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरेका थिए । सोही बैठकमा बोल्दै सुनसरी प्रहरी उपरीक्षक राजन अधिकारीले नेपाल र भारतका सुरक्षाकर्मी सिमा क्षेत्रमा हुने अपराधिक गतिविधि लाई रोक्न सहकार्य गरेर जानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा नेपालका तर्फबाट सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी,सशस्त्र प्रहरीका प्रमुख सुरेशकुमार श्रेष्ठ, अनुसन्धानका प्रमुख टीकाबहादुर पोखरेल,बिओपी हरिपुरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी,बिओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक निरन थापा,बिओपी लौकहीका सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ,सशस्त्र प्रहरी नायब निरीक्षक सिंहमान जिमि,सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक दिपक पोखरेल,कोशी ब्यारेज प्रहरी इन्चार्ज सुन्दर कठैत,ट्राफिक प्रहरी भाण्टावारीका असय गणेश श्रेष्ठ,सशस्त्र प्रहरी भाण्टावारीका असय रामकुमार राउतको सहभागिता रहेको थियो भने भारतका तर्फबाट एसएसबी ४५ औं वटालियन बीरपुरका कमाण्डर मनोज सुनोल,सुपौल जिल्ला एसएसबी रामानन्द कुमार कुशल,ओकुल्ला सिंह सहित एसएसबी र बिहार पुलिसका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

इनरुवामा बलात्कार विरुद्ध अधिकारकर्मीहरूको धर्ना

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

वडाध्यक्षले कमिसनमा गुणस्तरहीन काम गराएको गुनासो

हात्ती आक्रमण बाट कोशी क्षेत्रमा एक जना घाइते (तस्विरहरू सहित)

भाण्टावारीमा सुरक्षाकर्मीको दोहोरो चरीत्र, नरसिंहबाट तस्करीको समान बरामद

तपाईको प्रतिक्रिया