सिरहामा घुससहित एक जना पक्राउ

सिरहा / जिल्ला अदालत सिरहामा कार्यरत एक जना चालकलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाका ३ नम्बर इजलाशका न्यायाधीश नरनारायण पौडेलका सवारी चालक ब्रिजमोहन यादवलाई अख्तियारको टोलीले १ लाख १० हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ गरेको हो । यादवलाई सदरमुकाम सिरहाको खड्ग होटलबाट घुस लिर्दै गर्दा अख्तियारको बर्दिबास कार्यालयवाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अदालतमा विचारधीन रहेको लागुऔषधको मुद्दा मिलाइदिने भनेर घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता हरिप्रसाद घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

Loading…