सिरहामा एक पुरुषको शव फेला

सिरहा / सिरहामा एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहाको सिरहा नगरपालिका १६ खिरौना चौक स्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको सिरहा प्रहरीले जनाएको छ ।

आईतबार विहान सिरहा नगरपालिका १५ का अन्दाजी वर्ष ४० को सुरेश साफी मृत अवस्थामा फेला परेको सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

एकाविहानै स्थानीयवासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिन प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभयो ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…