सिधुवा-सुक्रबारे सडक सञ्चलानका लागी पहल सुरु

तेह्रथुम, २२  असार / सिधुवा सुक्रबारे सडक सञ्चालनका लागी पहल सुरु गरीने भएको छथर गाँउपालिका प्रमुख सन्तोष तिगेलाले बताएका छन् ।नब निर्बाचित प्रमुखका अनुसार बर्षाका कारण  बिरामी कोक्ने एम्बुलेन्स, यात्रु बाहक साधनहरु, दुग्धजन्य पदार्थ बोक्ने सवारी सकाधनका साथै बाटो हिड्ने बटुवालाई समेत समस्या भई रहेकोले सडक सञ्चालनका लागी तत्कालै पहल गरीने बताएका छन् । सडक सञ्चालनका लागी प्रमुख जिल्ला अधीकारीको संयोजकत्वामा स्थानीय बिकास अधीकारी, जिल्ला प्राबिधीक कार्यालय, छथर गाँउपालिका र सिधुवा सुक्रबारे सडक स्तरउन्नती गर्ने आई पि कन्स्ट्रसनका जिम्मेवार ब्याक्ती सँग बैठकको आयोजना गरी ध्यानआकर्षण गरीने भएको प्रमुख तिगेलाले बताए ।

 

सडक अबरुद्ध भए सँगै तेह्रथुमका आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चारा, ओख्रे, सुदाप, दाँगपा, सोल्मा, सुङनाम लगायत पाँचथर र धनकुटा जिल्लाका स्थानीयबासीहरुलाई यात्रा गर्न कठीनाई बन्दै गएको छ । करीब तिन दसक पहिले निमार्ण कार्य सुरु गरीएको सडक निमार्णका लागी बर्षेनी रकम बिनीयोन भए पनि प्रयाप्त रकम बिनीयोन नहुँदा सडकको समस्या बर्षेनी ज्युकातिउँ रहँदै आएको सरोकारवाला बर्गहरुले बताउने गरेका छन् । यस बर्ष सडक स्तरउन्नतीका लागी जिम्मेवार पाएको आई पि कन्स्ट्सनका ठेकेदार सडक निमार्ण कार्यलाई बिचमै छाडी बेपत्ता भए सँगै समस्या झनै जटिल बन्दै गएको स्थानीयबासीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…