साहसिक पर्यटनकर्मी लेखमणि जिमीको निधन

धरान / धरानमा व्यवसायिकरुपमा प्याराग्लाइडिङ उडान सञ्चालन ल्याएका पर्यटनकर्मी लेखमणि जिमीको निधन भएको छ । फोक्सोको क्यान्सर रोगसँग जुधिरहेका जिमीको आज बिहान निधन भएको हो । क्यान्सरको उपचार गर्दे गरेका जिमी १ महिना अघि मात्रै धरान फर्किएका थिए । काठमाण्डौबाट फर्किएका जिमी केही समय पुर्खौली गाउँ सङ्खुवासभा मादी गएका थिए ।

जिमीकाे धरान र पूर्व क्षेत्रमा प्याराग्लाइडिङको विकास तथा विस्तारमा जिमीको महत्त्वपूर्ण योगदान रहेको छ । जिमीको पार्थिव शरीरलाई आजै चतरामा अन्त्येष्टि गरिएकाे छ ।

तपाईको प्रतिक्रिया