सार्वजनिक जग्गा मिचेको डिभिएम स्कुलमा चल्यो डोजर

सुनसरी / इटहरीस्थित नेपाल डिभीएम स्कुलले मिचेको सार्वजनिक जग्गा खाली नगरेको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर लगाएको छ । विद्यालय व्यवस्थापन पक्षसँग सहमती जुट्न नसकेपछि इटहरी उपमहानगरपालिकाले विद्यालयका संरचनामा डोजर चलाएको हो ।

मेयर द्ववारीकलाल चौधरी आफैँ डोजर लिएर बिद्यालयमा पुगेका थिए । बुधबार बिहान डोजर लिएर पुगेका मेयरले प्रारम्भीक चरणमा विद्यालय परिषरले बनाएको सिमेन्टको एरिया भत्काएका छन । बिहीबार यसलाई निरन्तरता दिइने मेयर चौधरीले बताए ।

मेयरको कार्यभार सम्हालेपछि द्ववारिकलाल चौधरीले ऐलानी र अतिक्रमित जग्गा फिर्ता ल्याउने उद्घोष गरेका थिए । त्यही क्रममा इटहरी–९ बूढीखोला किनारमा रहेको डिभिएम स्कुलले आफ्नो थोरै जग्गा देखाएर धेरै सार्वजनिक जग्गा प्रयोग गरेको भेटियो ।

डिभिएमले ओगटेको जग्गामध्ये ६ कठ्ठा ५ धुर मात्र उसको स्वामित्वमा रहेको प्रमाण पेस गरेको छ । विद्यालयले झण्डै ३ विगाह ३ कठ्ठा ३ धुर जग्गा सार्वजनिक प्रयोग गर्दैै आएको पाइएको छ । विद्यालयले जग्गा हडप्न आफ्नो जग्गा पछाडि खाली छाडेर सार्वजनिक जग्गामा भवन र खेल मैदान बनाएको भेटिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…