सारीमा आगो लाग्दा एक महिला घाइते

विराटनगर / मोरङको बुढिगंगा गाउँपालिका-६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ महिला घाईते भएकी छन् । आज बिहान ८ बजेको समयमा चुलोमा बसी खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जली घाईते भएकी हुन् । घाईतेको हाल बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया