साझा पार्टीका संयोजक सहित ६ जना जुवा खालबाट पक्राउ

इटहरी / इटहरीमा तास खेल्दै गरेको अवस्थामा विवेकशील साझा पार्टी सुनसरीको संयोजक राम गिरी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय इटहरीले बसपार्कमा तास खेल्दै गरेको अवस्थामा खालैबाट पक्राउ गरेको हो ।

योगेन्द्र गिरीको घरमा सिटि गेष्ट हाउस भित्र तास खेल्दै गर्दा इटहरी ९ घर भएका संयोजक गिरी सहित सोही ठाउँका सरोज राउत, सरोज बोहोरा, केशब बस्नेत, रामधुनीका महेश राजबंशी, योगेन्द्र गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले बताएको छ ।

तासको खालबाट ३ लाख ६५ हजार ३ सय ६० रुपैया नगद समेत बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर रमेशकुमार बस्नेतले बताए । इटहरी क्षेत्रमा तास जुवा खेल्नेहरुलाई निगरानीमा राखेको समेत प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading…