सागुरीगढी गाउपालिका पर्यटकको आकर्षण केन्द्र बन्दै

धरान। साविकको केम्पेक गाविस हालको सागुरीगढी गाउ पालिका पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण केन्द्र विन्दु बन्दै गएको छ । त्यहा रहेका आकर्षक स्थल, चीसो हावापानीका कारण पछिल्लो समय त्यहा घु्म्नकै लागि आउने आन्तरिक तथा वाह्य पर्यटकहरु बढ्न थालेका हुन् । सागुरी गाउपालिकामा रहेका रहेका सागुरी गढी, आत्माघर, नमस्ते झरना, चाल्सपोइन्ट, संख घर, भेडेटार पार्क लगायतका आकर्षक स्थल लगायत छिनछिनमा परिवर्तन हुने मौसमका कारण त्यहा आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका हुन् ।

साविकको केम्पेक गाविस र हालको सागुरी गढी गाउपालिका पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बन्दै गएको छ । विगतमा गर्मी छल्नकै लागि आउने गरेका पर्यटकहरु केम्पेक गाविसका स्थानीय अग्रजहरुले त्यहा घुम्न आउनेहरुका लागि आकर्षक गन्तव्य स्थललाई प्रचारप्रसार गर्न थालेसंगै विगतमा आन्तरिक पर्यटकमात्र आउने गरेपनि पछिल्लो समय भारतका विभिन्न स्थानबाट समेत पर्यटक आउन थालेका हुन् ।

विशेष गरी अंग्रेजी नया बर्ष र नेपाली नया बर्षमा बढी पर्यटक आउने गरेपनि पछिल्लो समय १२ महिना नै पर्यटकहरु आउने गरेको भेडेटार एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले बताउनुभयो । उहाले सिजनका समयमा ६० देखि ७० लाख रुपैया करोबार हुने उहाको भनाई छ ।
गन्तव्यस्थलमध्ये पनि यहा रहेको नमस्ते झरनाले पर्यटकको मन लोभ्याउन गरेको छ । भेडेटार घुम्न आउने पर्यटक एक पटक नमस्ते झरना पुगेर त्यहा रहेको चीसो पानीमा डुबुल्की नखेली रहन सक्दैनन् ।

अरुबेला २ सयदेखि ३सय सम्म आन्तरिक पर्यटक आउने गरे पनि गर्मी मौसम, महोत्सव उत्सव तथा कुनै महत्वपूणैै चाडपर्वमा यहा दैनिक १५ देखि १६ हजार पर्यटकले झरनामा आएर रमाइलो गर्ने बताउनुहुन्छ सिम्सुवा (नमस्ते) झरना संरक्षण तथा व्यवस्थापन समितिका सचिव जीवन सुब्बा बताउनुहुन्छ । केम्पेक गाविसलाई पछिल्लो समय पर्यटकको आकर्षण स्थल बनाउन भेडेटार तथा आसपासका गाउका स्थानीय आर्कषक स्थलको खोजीमा लागिपरेका छन् । यस गाविसलाई विश्वमै पर्यटकीय गन्तव्य स्थल बनाउन ओझेलमा परेका यस्ता गन्तव्य स्थलको खोजी गरिरहेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष लावतीको भनाई छ ।

यस क्षेत्रको प्रचारप्रसारका लागि स्थानीयहरुले बेला बेलामा महोत्स्व उत्सव आयोजना गर्ने गरेका छन र त्यहाबाट संकलित रकमले जीर्ण भएका स्थलहरुको मर्मत गर्ने गर्दछन् । सरकारी सहयोग न्यून रहेको छ । स्थानीयहरुको पर्यटकीय हव बनाउन उद्देश्यलाई राज्यले पनि सहयोग सहयोग गर्नुपर्ने माग उनीहरुको छ । यसतर्फ राज्यको पनि ध्यान केन्द्रित हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया

Loading…