सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

सोलुखुम्बु / सगरमाथाको प्रवेशद्वार नाम्चेबजारमा पानीबाट घुम्ने आधुनिक माने र जलपार्क निर्माण गरिएको छ । स्थानीय सरोकारवालाहरुको पहलमा ४ करोड ३२ लाखको लागतमा ती संरचनाहरुको निर्माण सम्पन्न गरि बुधबार नाम्चे गुम्बालाई हस्तान्तरण गरिएको हो । पर्यटन बोर्ड, अन्य सरकारी निकाय, स्थानीय व्यवसायी समेतको सहयोगमा निर्माण सम्पन्न भएको धार्मिक तथा पर्यटकीय पुर्वाधारको निर्माण समिति अध्यक्ष छिमिकाल्देन शेर्पाले गुम्बा व्यवस्थापन समिति अध्यक्ष छिरि पेन्जो शेर्पालाई हस्तान्तरण गरे । पानीबाट घुम्ने ५ वटा माने, प्रवेशद्धार, जलपार्क, स्तुपा र स्वर्गीय आरोही पेम्बा डोमा शेर्पाको स्मृतीपार्क करिब ४ बर्षको अवधिमा निर्माण गरिएको हो ।

कार्यक्रममा पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाले स्वर्गिय आरोही पेम्बा डोमा शेर्पाको शालिक अनावरण गरेका थिए । सो अवसरमा मन्तब्य राख्दै उक्त परियोजनाका परिकल्पनाकार एवं समाजसेवि आङफिन्जो शेर्पाले धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण मार्फत खुम्बु क्षेत्रको पहिचानमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । पर्यटन व्यवसायी निमानुरु शेर्पाले नयाँ बनेका संरचनाले एैतिहासिक महत्व राख्ने भन्दै नाम्चेको पर्यटनमा नयाँ आयाम थपिने आशा राखे । निर्माण समितीका अध्यक्ष छिमिकाल्देन शेर्पाले सिंगो समुदायका लागि आफुहरुले अहोरात्र खटेर परियोजना सम्पन्न गरेको बताए ।

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…