समाचार प्रभाव : कोरियामा मृत्यू भएकाे ३२ दिनपछि बल्ल पाए विष्टकाे परिवारले शव

पथरी / पूर्वेली न्यूजमा समाचार प्रकाशित भएको १० दिन पछि मोरङका सन्तोष विष्टको शव नेपाल आइपुगेको छ । दक्षिण कोरियाको सिजाओमा दुर्घटनामा परी मृत्यू भएका मोरङको सुनवर्सी २ अमरदहका विष्टको शव मृत्यु भएको २४ दिन सम्म पनि नेपाल नआएपछि नगरपालिकाको वडा नं. २ र विष्ट परिवारले शव ल्याइदिन सहयोगको याचना गरेका थिए ।

आज ३२ दिनपछि उनको शव शनिबार घर आइ पुगेसँगै शनिवार नै अन्त्येष्ठि गरिएको छ । गैरकानूनी ढङ्गबाट दुवई हुँदै कोरिया पुगेका बिष्टको गत असार २६ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सडक दुर्घटना गराउने गाडी धनी आर्थिक रुपमा अत्यन्तै विपन्न भएपछि प्रहरीले शव र दुर्घटना गराउने गाडी पक्राउ गरेर राखेको थियो । उनी शरणार्थीको रुपमा कोरिया बसेर काम गरिरहेका थिए ।

उनको शव ल्याउन कोरियामा रहेका नेपालीहरूको संगठन मोरङ–कोरिया समाजले सहयोग गरेको वडाध्यक्ष प्रताप तामाङले बताउनु भयो । गैर कानूनी रुपमा बसेकोले शव ल्याउन कठिन भएपछि वडाध्यक्ष तामाङले ब्यक्तिगत रुपमा १ लाख १ हजार रुपियाँ सहयोग गर्नु भएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

विधायलयमा एल इ डी र सुईटर वितरण

पथरीमा कृषि विउ विजन र उपकरण वितरण

पथरीशनिश्चरे नगरपालिकामा १ घण्टा चर्काचर्की

प्रथम नगर महिला फुटवतको उद्धघाटन खेलमा कानेपोखरी विजयी

पथरीशनिश्चरे न्यायपालिका आफै धामी आफै बाेक्सी, पथरीशनिश्चरेकाे न्यायीक समिती नै जग्गा दलाली

मोरङको लेटाङमा खुल्याे नेफ्स्कुनको सम्पर्क कार्यलय

५ औं मिस्टर मोरङलाई सम्मान

खजुम जातीलाई वाराही मन्दिरमा निषेध !

मोरङको पथरीशनिश्चरेमा १४ करोडको पाटि प्यालेस संचालनमा

मुसहर बस्ती कमल बितरण

तपाईको प्रतिक्रिया