सप्तरीमा ५ सय ७५ घरघुरी अझै विधुतिकरणबाट बञ्चित, एक करोड भन्दा बढी जरिवाना असुली

राजविराज / सप्तरीमा विधुत चुहावट नियन्त्रण अभियान टोलीले विधुत चोरी जरिवानाबाट एक करोड रुपियाँ भन्दा बढी राजश्व असुली गरेको छ तर अझै ५ सय ७५ घरघुरी विधुतिकरण हुनबाट बञ्चित रहेका छन् । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेको छ । प्रत्येक स्थानीय तहमा विधुतीकरण भइसकेको र केही स – साना बस्ती÷टोलीमा विधुतिकरण गर्न मात्र बाँकी रहेको बताइएको छ । रुपनी गाउँपालिका २ स्थित नौवापार सदा बस्तीमा ४५. डाक्नेश्वरी नगरपालिका ४ भूतही टोलमा ७०, हनुमाननगर कंकालीनी नगरपालिकाको गोबरगढामा १५०. छिन्नमस्ता गाउँपालिकाको मोहनपुर, गोबिन्दपुरमा १६० र खडक नगरपालिका ७ मझौमा १५०. खरचुहियादेखि उतर को बस्तीमा २५ घरघुरीमा मात्र विधुतिकरण हुन बाँमी रहेको राजविराज केन्द्रका प्रमुख साहले जानकारी दिनुभयो । ती बस्तीहरुमा विधुतिकरण प्रक्रिया अगाडी बढिसकेको बताइएको छ ।

यस जिल्लामा एक लाख २१ हजार ९८ घुरघुरी रहेको राष्ट्रिय जनगणना २०६८ मा उल्लेख छ । यसको आधारमा ३१ हजार भन्दा बढी घरघुरीमा विधुत् मिटर जडान हुन बाँकी रहेको छ । यस नेपाल विधुत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विधुत चुहावट नियन्त्रण अभियान टोलीले विधुत चोरी जरिवानाबाट एक करोड रुपियाँ भन्दा बढी राजश्व असुली गरेको छ ।

चालु आर्थिक वर्षको हालसम्ममा प्राधिकरणले पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा पक्राउ परेका मानिस, बरामद विधुतीय सामगी्र र विधुत मिटरमा चारी गरेकोबाट जरिवना रकम असुली गरेको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो । यस अवधीमा पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिबाट रु. ७१ लाख चार हजार ११४ र मिटरबाट विधुत चोरी गरिएकोबाट रु. ४८ लाख ८७ हजार ६९९ गरी कुल एक करोड १९ लाख ९१ हजार ८९३ रुपियाँ जरिवाना वापत राजश्व असुली भएको प्रमुख साहले जानकारी दिनुभयो । विधुत् प्राधिकरण कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा खटिएको विधुत चुहावट नियन्त्रण अभियान टोलीले विधुत पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा ५१६ जनालाइ पक्राउ गरी प्रति व्यक्तिबाट रु. १५ हजार बढी जरिवाना रकम असुली गरिएको उहाँले जानकारी दिनुभयो । हुकिङ्ग गरी विधुतीय उपकरण प्रयोग गरिरहेको बेला अभियान टोलीलाई देखेर भागेको घरबाट र्फिज, पानी तान्ने मोटर, पंखा,टिभी, एलसीडी लगायत ११८ थान विधुतीय उपकरण बरामद गरी सोको मूल्याकंन आधारमा जरिवाना तिराएर फिर्ता गरिएको बताइएको छ । चुहावट नियन्त्रण अभियान टोलीले विधुत् मिटरमा चोरी गरी विधुत् प्रयोग गरिएको अवस्थामा ३३२ वटा मिटर उपर कारबाही गरी सो जरिवाना रकम असुरली गरेको हो ।

मिटरको माग र वितरण

दिवा र रात्रीकालीन समयमा खटिएको अभियान टोलीले अभियानलाई तीब्रता दिएपछि विधुत् मिटरको माग समेत बढेको बताइएको छ । चालु आर्थिक वर्षमा २१ हजार विधुत् मिटर वितरण केन्द्रलाई प्राप्त भएकोमा अहिलेसम्ममा १८ हजार १६६ मिटर वितरण भइसकेको र गा्रहकको माग अनुसार वितरण जारी रहेको केन्द्रका प्रमुख साहले बताउनुभयो ।सप्तरीमा दुई वटा वितरण केन्द्र रहेकोमा राजविराज वितरण केन्द्र अन्तर्गत राजविराज, रुपनी,हनुमाननगरका गरी ६५ हजार ८८२ र कञ्चनरुप नगरपालिका वितरण केन्द्र अन्तर्गत २५ हजार गरी कूल ९० हजार सेवागा्रही रहेको छ ।

लक्ष्य र प्राप्ति

विधुत् चुहावट नियन्त्रण अभियानको तीब्रताले अघिल्लो आर्थिक वर्ष ५०.३३ प्रतिशत विधुत चोरी रहेकोमा अहिले ३९ मा झरेको छ भने चालु आर्थिक वर्षको बाँकी अवधीमा चोरी ३६ प्रतिशतमा झार्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

विनियोजन

मन्त्रालयगत छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खगराज अधिकारीले कतिपय आयोजनका लागि बजेट अपुग भयो भनी प्रशन उठाउने सदस्यले नै खर्च कटौती कुरा गर्नु आफैँमा आश्चर्यको कुरा हो भन्दै बजेट उत्पादकत्व वृद्वि र लोककल्याणकारी राज्यको अवधारणानुरुप आएको बताए । उनले बजेट आर्थिक गतिविधि र विकास निर्माणका कामलाई तीव्रता दिने खालको भएको हुँदा समग्रतामा विकास र समृद्विमुखी भएको बताए ।

‘सत्तापक्षका नेताका जिल्लामा बढी बजेट विनियोजन’

प्रतिपक्ष दल नेपाली काँगे्रसका देवप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री र सत्तापक्षका नेताका जिल्लामा मात्र बढी बजेट विनियोजन भएको जनाउँदै विकास र समृद्विको कुरा कसरी पूरा होलान् भनी प्रश्न गरे । ‘चितवन, झापा, बर्दिया र ठुला–ठुला नेताको जिल्लामा बजेट हालेर समृद्व नेपाल र सुखी नेपालीको सपना पूरा हुन्छ ? पछाडि परेका गरीबको स्थानमा खै बजेट ? सबैलाई समान रुपमा बजेट दिनुपर्छ , बजेट समावेशी नभएकाले सच्याउनुपर्छ , उनले भने ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…