सप्तरीमा विश्वकर्माको मूर्ती सेलाउने क्रममा एक जनाको डुबेर मुत्यु

राजविराज / सप्तरीमा विश्वकर्मा भगवानको मूर्ती सेलाउने क्रममा आज एक जनाको डुबेर मुत्यु भएको छ । विष्णुपुर गाउँपालिका–७ स्थित सप्तकाेशी नदीकाे पश्चिमी नहरमा मूर्ती सेलाउने क्रममा २२ वर्षिय मनिष कुमार यादवको मृत्यु भएको हो ।

सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्वर–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा काम गर्दै आएका थिए ।
डेरीमा बनाईएको मूर्ती पूजाआजा पश्चात सेलाउने क्रममा उनी विहीबार साँझ वेपत्ता भएका थिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा उनको शव आज विहान फेला पारिएको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…