सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ स्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटनामा एकजनाको मृत्यू भएकाे छ । यात्रु वाहक बसले साइकल यात्रीलार्इ ठक्कर दिँदा   बैतडी घर भई हाल इनरुवा ३ डेरागरी बस्ने ४० वर्षिय महादेवप्रसाद बढुको मृत्यू भएकाे हो ।

साइकलमा सवार बडुलाई सिन्धुलीबाट काकँडभित्ता अाउँदै गरेको मे १ ख १९९४ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते बडुको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बडु इनरुवामा २ वर्ष अघिदेखि डेरा गरी बस्दै आएका थिए । शिक्षक बडु अध्यापनकालागि विद्यालय तर्फ जाँदै गर्दा सडक पार गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

इनरुवामा बलात्कार विरुद्ध अधिकारकर्मीहरूको धर्ना

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

वडाध्यक्षले कमिसनमा गुणस्तरहीन काम गराएको गुनासो

हात्ती आक्रमण बाट कोशी क्षेत्रमा एक जना घाइते (तस्विरहरू सहित)

भाण्टावारीमा सुरक्षाकर्मीको दोहोरो चरीत्र, नरसिंहबाट तस्करीको समान बरामद

तपाईको प्रतिक्रिया