सकरात्मक सन्देश दिन चिया गफ

तरहरा / किर्तिमानी युवा संघ नेपाल सुनसरीको आयोजनामा शनिबार इटहरीको कृष्ण होटल स्थित ‘प्रतिक्षा चिया गफ’ को दोश्रो शृङ्खला कार्यक्रम सम्पन्न गरिएको छ । ‘परिवर्तनका लागी युवा आवाज’ भन्ने सन्देशका साथ सो कार्यक्रमको आयोजना गरिएको होे । कार्यक्रमको शुरुवातमा आमन्त्रित अतिथिहरुले गमलामा पानी हालेर उद्वघाटन गरिएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि शुष्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपालले युवाहरुलाई प्रोत्साहन गर्नका लागी सो कार्यक्रम आयोजना गर्नु सराहनीय भएको बताउँदै देश युवाकै हातमा रहेको बताए । देशका लागी हरेक क्षेत्रमा युवाकै प्रमुख भुमिका रहने बताउँदै युवाहरु सकरात्मक बाटोमा हिड्न आग्रह गरे । उनले भने ‘देश बनाउँने नै युवाले हो,देश युवाहरुको मुठ्ठीमा रहेको छ ।’

सो कार्यक्रमले युवाहरुलाई उत्साहित बनाउँने र आगामी दिनमा समेत यस्ता सकरात्मक कार्यहरु गर्दै जानका निम्ति शुभकामना दिए । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दीपक गौतमले युवाहरुले यि यस्तै कार्यक्रमहरु गर्दै गए र युवाले नेतृत्व लिए मात्र देशले नयाँ मुहार फेर्ने बताए । सो कार्यक्रमका बक्ता सञ्चारकर्मी तथा साहित्यकार रामप्रसाद खरेलले भने आँफूले सानैदेखि संघर्ष गर्दै आएको र युवाहरुले संघर्ष गरेमात्र समाजमा सकरात्मक सन्देश दिन सकिने बताउँदै कविता सुनाए । ट्वीटेरियन सोसाइटी इटहरीका अध्यक्ष हिरा आचार्य (कान्छो), कविहरु टीका मिलन,सिएन गौतम, नेपाल महिला संघर्षशीलकी अध्यक्ष सुमी थापा,ट्रेड युनियन नेपालकी अध्यक्ष मनिता तामाङ, नगर बाल संञ्जाल इटहरीका संरक्षक निराजन पाण्डे ले कार्यक्रममा बोलेका थिए ।

कार्यक्रमकी सभाध्यक्ष किर्तिमानी युवा संघ नेपाल सुनसरीकी अध्यक्ष प्रतिक्षा अधिकारीले बोल्दै ‘प्रतिक्षा चिया गफ’ नाम बाट मात्र नभएर युवाहरुले भविष्यमा समाजका कास्तो प्रतिक्षा गरेका छन् भन्ने सन्देश दिनका लागी आयोजना गरिएको बताइन् । समाजमा रहेका कुरितिहरुलाई हटाउँनका निम्ति तथा नव उदयमान युवाहरुलाई उत्थान गर्न तथा समाजमा सकरात्मक सन्देश दिनका लागी कार्यक्रमको आयोजना गरेको उनले बताईन् । उनले यसअघि पनि बिभिन्न सामाजिक कामहरु समेत गर्दै आएकी छिन् । कार्यक्रमको सञ्चालन किरण सिवाले गरेका थिए भने बिभिन्न कवि कवियत्रीहरुले रचना वाचन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

×