संविधान दिवसकाे अवसरमा इटहरीमा झण्डोतलन सहित प्रभातफेरी

इटहरी / चौथो संविधान दिवसको अवसर संविधान दिवस नगर मुल समारोह समिति २०७६ को आयोजनामा इटहरीको मुख्य चोकमा झण्डोतलन साथै प्रभातफेरी गरी मनाएको छ ।

उपमहानगरपालिकाबाट निकालिएको प्रभातफेरी नगरको बजार क्षेत्र परिक्रममा गरी इटहरीको चौरस्तामा रहेको गोल चौकमा पुगेर झण्डोतलन गरिएको हो । झण्डोतलन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी ,प्रमुख लक्ष्मी गौतम र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले संयुक्त रुपमा झण्डोतलन गरेका थिए ।

संविधान दिवसका अवसरमा आयोजित प्रभातफेरीमा नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी , सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध मानिसहरुको उल्लेखिय सहभागिता रहेको थियो । संविधान दिवसकै अवसर पारेर सुनसरीको इटहरीमा रहेको गुडविल फाइनान्सले सर सफाइ तथा वित्तीय साक्षरता कार्यक्रम गरी मनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…