संखुवासभामा हावाहुरीको बितण्डा,लाखौको क्षति

संखुवासभा । सोमबार दिउँसो आएको हावाहुरीले खाँदबारी नगरपालिकाको बिभिन्न स्थानमा ठुलो क्षति पुर्याएको छ ।नगरपालिकाको टुँडीखेल,घिमिरे गाँउ,वेलफेयर,जिल्ला कारागार आसपास लगायतका क्षेत्रमा क्षति पुर्याएको हो ।
अधिकांश स्थानमा घरका छाना उडाएको छ भने खाँदबारी १ स्थित कारागार छेउमा रहेको दलबहादुर राईको घरमा रुख लडेर किच्याएको छ । अहिलेसम्म करिब १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाका डिएसपी श्याम सारु मगरले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

Loading…